June 17, 2026, Wednesday
२०८३ असार ३, बुधबार
बनगाडमा कोरोना परिक्षणमा कन्जुस्याइँ, सुर्खेत गएर चेकजाँच गर्न बाध्य छन स्थानिय

बनगाडमा कोरोना परिक्षणमा कन्जुस्याइँ, सुर्खेत गएर चेकजाँच गर्न बाध्य छन स्थानिय

दुर्गा विसि/बैशाख १७, सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा कीट अभाव भन्दै काेराेना चेकजाँचमा कन्जुस्याइँ हुने गरेको स्थानीयकाे दुखेसो पोखेका छन । स्वस्फूर्त रुपमा काेराेना चेकजाँच गर्न गएका नागरिकलाई लक्षण नदेखिएको भन्दै फर्काईने गरेको छ ।

अाज मात्रै एनआइसी एसिया लघुवित्तकाे टाेलि चेकजाँचकाे स्वास्थ्य चौकी देवस्थलमा पुगेको थियोे । कीट अभाव भन्दै चेकजाँच नगरिएदिएको लघुबित्त प्रमुख निम प्रसाद पुढाले दुखेसो पाेखेका छन् । नगरका विभिन्न वडाहरुमा नागरिक ज्वराे, पखाला जन्य लक्षण बाट ग्रसित छन् ।

नजिकैका नागरिक स्वास्थ्यमा केही समस्या उत्पन्न वा शंका लागे चेकजाँचकाे लागि स्वास्थ चौकीमा धाउने गरेका छन् तर विभिन्न वहानावाजिमा चेकजाँचै नगरि फर्काइन्छ । यहाँ गर्ने भनेकाे एन्टिजिन टेष्ट हाे त्यसैमा पनि कीट नभए अभाव भएको भन्दै नागरिक फर्काइने गरेको छ ।

जनता महामारीबाट तड्पिडा सम्बन्धित निकाय गुप्त वस्नु भनेकाे लाचारपना भएको एक स्थानीयकाे भनाइ रहेको छ । एन्टिजिन टेष्टकाे लागि विभिन्न व्यक्ति, संस्थाले स्वास्थ शाखा गुहारे पनि चेकजाँच नभएपछि उनिहरूले सुर्खेत मेहलकुना अस्पताल पुगेर चेकजाँच गराएका छन । नगरमा कोरोना परिक्षण नभए पछि यहाँका नागरिक काेराेना चेकजाँच गर्न अर्को जिल्ला जान बाध्य छन् ।

नजिकै स्वास्थ्य शाखा र नगरपालिका भएको समेत अनुभुती गर्न सकिरहेका छैन । विकास वजेट कामै नभइ थन्किएको छ । महामारिमा कीट अभाव सृजना गरि वजेट नभएको भन्दै चेकजाँचमा कन्जुस्याइँ हुने गरेको फेला परेको छ ।

पहुँचवाला वाहेक अरुकाे काेराेना चेकजाँच नहुने गरेको वुढाकाे दुखेसो छ । वुढाले अाफुहरु मेहलकुना पुगेर स्वाव दिएर आएको दुखेसो व्यक्त गरे । सङ्गै काम गर्ने सहकर्मि लाई काेराेना पाेजेटिभ देखिए पछि कन्ट्याक ट्रेसिङको लागि स्वास्थ्य शाखा देवस्थलमा एन्टिजेन चेक गर्न अाग्रह गर्दा कीट कम भएकाे भन्दै चेकजाँच गर्न अस्विकार गरियाे । अनि अाफु र परिवार लाई सुरक्षित राख्न ढुक्क हुनलाई गुर्भाकाेट नगरपालिका सुर्खेतमा निसुल्क स्वाब परिक्षन हुने जानकारि पाएपछि अाज स्वाब दियर नतिजाकाे पर्खाइमा रहेको उनले जनाए ।

“अब के भन्ने स्थानिय सरकार ? जनता कसरी मरिरहेका छन थाहा छैन ?धिक्कार छ, बनगाड कुपिन्डे नगरपालिकालाइ” एक स्थानीयले भने – “याे नगरमा कम्युनिस्ट सरकारको वाहुल्यता भएकोले यसकाे मूल्य जनताले अवश्य दिनेछन । ” उनले आक्रोश व्यक्त गरे ।