बागचौर नगरपालिकाले आफ्ना कार्यकर्ता भरणपोषण गर्ने खालको बजेट ल्यायो: जनक गौतम
साउन ११, सल्यान। नेपाली काङ्ग्रेस बागचौर नगर समिति सभापति जनक गौतमले चालु आर्थिक वर्ष २०७७-७८ मा बागचौर नगरपालिका सल्यानले पारित गरेको निति, कार्यक्रम तथा बजेटबारे आफ्नो प्रतिक्रिया दिनुभएको छ ।
आईतबार नयाँ दृष्टि डटकम सँग संक्षिप्त कुराकानी गर्दै सभापति गौतमले चालु आर्थिक बर्षमा नगरपालिकाले पारित गरेको निति, कार्यक्रम तथा बजेट आफ्ना नेता कार्यकर्तालाई भरणपोषण गर्ने खालको मात्र भएको बताउनु भएको हो ।
नगरपालिकाले नगरवासीको जनजिविकाको सवालमा टेवा पुग्ने खालको भन्दा पनि विभिन्न शिर्षकमा टुक्राएर कार्यकर्तालाई भरणपोषण गर्ने खालको कार्यक्रम तथा बजेट बनाएको उहाँले भनाई छ ।
“निति, कार्यक्रम र बजेटमा ठुला आयोजना बिरलै छन ।” उहाँले भन्नु भयो – “साना आयोजना बनाएर उपभोक्ता समिति मार्फत आफ्नो अनकुल ढाल्ने गरी बजेट बिनियोजन गरेको देखिन्छ ।”
नगरपालिकाले जनताको हितमा ठुला र गौरवका आयोजनाहरुको बोल्ड डिसिजन गर्न नसकेको र प्रस्तुत बजेटलाई समाजबादि बजेट भन्न नमिल्ने उहाँले जिकिर गर्नुभयो ।
सभापति गौतमले निति कार्यक्रम बनाउदा जनप्रतिनिधिहरु आफैले सबै कुरा जान्ने नभएकाले बिषयगत बिज्ञहरु सँग राय, सल्लाह लिएर नगरपालिकाका प्रमुख प्राथामिकता पहिचान गरेर काम गर्न सुझाव दिनु भयो ।
साथै उहाँले हालसम्म नगरपालिकाले द्वन्दको समयमा ध्वंस भएका सेवा केन्द्र, बिकासका संरचना र आफ्नो बस्ने आवास जस्ता आधारभुत संरचना पनि बनाउन नसकेको र निति कार्यक्रमले त्यतातिर तालमेल नखाएको बताउनु भएको छ ।
हालसम्म वडा नं. ३ को कार्यालय वडा नं. २ बाट संञ्चालन भैरहेको पनि उहाँले अवगत गराउनु भयो ।
प्रतिकृया दिनुहोस्