बागचौरमा क्वारेन्टाइन व्यवस्थापनमा खटिएकाहरु भन्छन– ‘नगरपालिकाले हाम्रो श्रम शो’षण गर्याे’
भदौ १२, सल्यान । सल्यानको बागचौर नगरपालिकामा कोरोना महामारीको समयमा विदेश बाट आएका नागरिकहरुलाई राखिएको क्वारेन्टाईनहरु व्यवस्थापनमा खटिएका स्वयंसेवकहरुले आफुहरुलाई बागचौर नगरपालिकाले श्रम शो’षण गरेको गुनासो गरेका छन ।
शुक्रबार, नयाँ दृष्टि डटकम सँग कुरा गर्दै वडा नं. ७ मा क्वारेन्टाईन व्यवस्थापनमा खटिएका स्वयंमसेवक मध्येका एक पारस खड्काले यस्तो गुनासो गरेका हुन ।
जोखि’मको समयमा आफुहरुले भारत लगाएत तेस्रो मुलुक गएका श्रमिक नागरिकहरुको तथ्याङ्क संकलन गरेको, स्थानिय स्तरमा लकडाउन कार्यन्वयन गराउन खटिएको, बिदेश बाट आएका नागरिकहरुलाई राखिएका क्वारेन्टाईनहरुमा खाद्यान्न लगाएत सामाग्री पुर्याउने तथा क्वारेन्टाईन व्यवस्थापन गरे बाफत नगरपालिकाले मासीक रु. १५,००० तलव, दैनिक रु. २०० भत्ता र खाजा नास्ताको आस्वासन देखाएर १०१ दिन काम गराए पनि अहिले ६ महिना पछि दैनिक रु.४५० ज्यालादरमा १५ प्रतिशत कर कट्टी गरेर प्रतिदिन रु. ३८० का दरले भुक्तानी दिन खोजेकाले आफुहरु माथी श्रम शो’षण भएको उनले बताएका हुन ।
‘विदेश गएका नागरिकहरुको तथ्याङ्क संकलण र स्थानिय स्तरमा लकडाउन कार्यन्वयन गराए पश्चात बिदेश बाट मान्छेहरु आउन थाले । त्यसपछि हामीलाई क्वारेन्टाईन व्यवस्थापन गर्न र रासन पानी पुर्याउनु पर्छ भनियो ।’ उनले भने – ‘हामीले यस्तो जोखिमको समयमा काम गर्न सक्दिनौं भन्यौं तर वडा सरकारले गर्नुपर्छ , हामीले नगरे कस्ले गर्ने ? काम गरे बाफत तलव भत्ता र खाजाको व्यवस्था हुन्छ भने पछि जोखिम मोलेरै काममा लाग्यौं ।’
वडा नं ७ मा आफु लगायत ३ जनाले काम गरेको र जोखिमको समयमा काम गर्दा पनि आफुहरुलाई खाजा नास्ता र सुर’क्षाको लागी मास्क, स्यानिटाईजर जस्ता सुरक्षा सामाग्रीहरु पनि नगरपालिकाले उपलव्ध नगराएको उनले बताए ।
श्रम शोे’षण भएको जस्तो लाग्दैन : प्रमुख प्रशासकिय अधिकृत
स्वयंसेवकहरुले श्रम शोेष’ण भएको भनेर गुनासो गरेको विषयमा नयाँ दृष्टि डटकम सँग प्रतिक्रिया दिदै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम बहादुर हमालले भने स्वयंसेवकहरु माथी श्रम शो’षण नभएको बताएका छन ।
‘श्रम शोष’ण भएको होइन । उहाँहरुलाई मासिक रु. १३,५०० दिने निर्णय भएको हो ।’ उनले भने – ‘तर त्यो वेला काम गर्न नसकेर कति स्वयंसेवकहरु भागे, हामिलाई असहयोग गरे । त्यसैले हामिले दैनिक रु. ४५० का दरले निकासा गरेका हौ । त्यत्रो ठुलो श्रम शो’षण गरेको भन्ने त लाग्दैन मलाई ।’
मान्छेहरु सधै बिदेश बाट नआउने र स्वयंसेवकहरु पनि सधैं नखट्ने बताउदै उनले जति दिएपनि मान्छेहरुले गुनासो गर्न नछोड्ने बताए । मान्छेहरु कति खटिएका हुन भन्ने हामीलाई थाहा छ उनले भने । यद्यपी श्रम शो’षण भएको बारे निवेदन आयो भने आफुले कार्यपालिका वैठकमा पुर्याउने र कार्यपालिकाले नै यस विषयमा निर्णय गर्नसक्ने उनको भनाई छ ।
प्रतिकृया दिनुहोस्