June 17, 2026, Wednesday
२०८३ असार ३, बुधबार
एथ्लेटिक्स प्रशिक्षक राइको उपचारको लागि सहयोग जुटाउदै युवाहरु

एथ्लेटिक्स प्रशिक्षक राइको उपचारको लागि सहयोग जुटाउदै युवाहरु

क्यान्सर सँग लडिरहेका एथ्लेटिक्स प्रशिक्षक रविन कुमार राइको सहयोगको लागि युवाहरु तत्पर देखिएका छन् । युवाहरुले उनको लागि सहयोग संकलन गर्नुको साथै हस्तान्तरण समेत गरेका छन् ।

जीवन भरी खेलकुख क्षेत्रमा नै सक्रिय रहेर देशको लागि उल्लेख्य योगदान गरेका राईलाई अहिले भावनात्मक, आर्थिक, भौतिक सबै प्रकारको साथ चाहिएको बताउँदै र आफुले सके जति सहयोग गर्न उनीहरुले अनुरोध पनि गरेका छन् ।

सल्यानमै क्रियाशील केही युवाहरुले स्थानीय स्तरमा सहयोग रकम संकलन गरेर राइको बैंक खातामा जम्मा गरिदिएका छन् । राइको उपचार सहयोगको लागि उनीहरुले ५७,३६५ रुपैंया सोमबार उनको कुमारी बैंकमा रहेको बैंक खातामा जम्मा गरिदिएको अभियान्ता अनिल भण्डारीले बताए ।

स्थानीय युवाहरु राइको उपचारको लागि सहयोग संकलन गर्न स्वस्फुर्त रुपमा जुटेका थिए । शारदा नगरपालिका अन्तर्गत खलंगामा रहेका स्थानीय युवाहरु अपिल व्यानर सहित सहयोग संकलनमा हिंडेका थिए । खेल लाई नै उच्च महत्व दिंदै आएका राइको लागि सहयोग जुट्ने क्रम जारी रहेको छ ।