क्यान्सर पीडित डाँगीको उपचारकोलागी अभियान्ताहरु द्वारा १ लाख २० हजार रकम हस्तान्तरण(नामावली सहित)
असार ७, सल्यान।
सल्यान बागचौर नगरपालिका वडा नं. ३ कि क्यान्सर पिडित निर्मला डाँगीको उपचारार्थका लागि अभियान्ताहरु द्वारा उठेको आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ।
बागचौर नगरपालिका ३ का खड्क बहादुर डाँगीको २२ वर्षिय श्रीमती निर्मला केसी डाँगीलाई क्यान्सर पुष्टि भएपछि उपचारको लागि धेरै आर्थिक लाग्ने भएको र न्यून आर्थिक अवस्था भएको कारण अफ्ट्यारो परेपछि परिवारले सहयोगको लागि सबैतिर अपिल गरे पछि अभायान्ताहरु यश अभियानमा लागेका थिए।
अभियान्ताहरुको अगुवाइमा उठेको जम्मा १ लाख २० हजार रकम पीडितको परिवारलाई बुझाइएको हो।
क्यान्सर पिडित निर्मलाको पहिले देखि नै हात दुख्ने र उपचार गर्न धेरै हस्पिटलमा धाउँदा निको नभएपछि अन्तिममा चितवनको क्यान्सर हस्पिटलमा क्यान्सर भएको पुष्टि भएको थियो।
विभिन्न मिडियासँगै समाजिक संजालबाट सहयोगका लागि अपिल गरे लगत्तै अभियान्ताहरु द्वारा यो अभियानको शुरुआत गरिएको थियो।
“दुखको घडिमा हातेमालो गर्न सिकौं , आज साथ दियौ भोलि साथ लियौ।” भन्ने मान्यता लिइ अभियान्ताहरुबाट यति धेरै रकम संकलन गरिएको हो।
अभियानमा जोडिनुभएका अभियान्ताहरु र संकलित रकम यस प्रकार छ।
अभियान्ताहरुले यस अभियानमा आफुसङगै हातेमालो गर्ने र सहयोग गर्ने सहयोगी मनहरुलाई धन्यवाद पनि दिएका छन।
प्रतिकृया दिनुहोस्