ब्लड क्यान्सर पीडित बसन्तीको उपचारको लागी कमन युथ ग्रुप सल्यान द्वारा सहयोग हस्तान्तरण
पौष २९, सल्यान । ब्लड क्यान्सर पीडित सल्यान शारदा नगरपालिका वडा नं १२ कि बसन्ती विकको उपचारको लागी कमन युथ ग्रुप सल्यानले सहयोग रकम हस्तान्तरण गरेको छ ।
common youth group शा न पा १ शान्तिनगरका महेन्द्र बस्नेतको सक्रियतामा संकलन भएको रू. ४३,२९४ रकम शारदा नगरपालिका १२ रेशम ज्युला कि blood cancer पिडित बसन्ति वि क लाई बुधबार हस्तान्तरण गरिएको हो ।
सुकुम्वासि परिवार भएकाले आर्थिक अवस्था कमजोर भएको र उपचारमा ठुलाे रकम खर्च हुने भएकाले परिवारले सहयाेगकाे अपिल गरेका छन । बसन्तीको उपचारको लागि सहयोग गरिदिन शानपा १२ का वडाध्यक्ष दिपक बहादुर हमालले पनि सिपारिस गरेका छन ।







प्रतिकृया दिनुहोस्