July 9, 2025, Wednesday
२०८२ असार २५, बुधबार
रुकुम पश्चिममा विवाह गर्न भगाएको चार दिनमै एक जोडि मृत अवस्थामा फेला : अनुसन्धान जारी

रुकुम पश्चिममा विवाह गर्न भगाएको चार दिनमै एक जोडि मृत अवस्थामा फेला : अनुसन्धान जारी

रुकुम,१२ माघ ।

रुकुम पश्चिमको त्रिवेणीमा एक जोडि मृत अवस्थामा फेला परेका छन् । त्रिवेणी गाउँपालिका –४ खुम्चेरीमा एक केटा र एक केटी एउटैका कोठामा मृत अवस्थामा फेला परेका हुन् ।

वडा अध्यक्ष नन्नराम बाँठाका अनुसार सोहि वडा निवासी टेक बहादुर खड्काको छोरा लोकेन्द्र खड्का र वडा नम्वर ६ की सपना पुन मगर लोकेन्द्रको घरमा मृत अवस्थामा फेला परेका हुन् । दुबै जना १९ वर्ष उमेरका हुन् ।

चार दिन अघि विवाहको लागि लोकेन्द्रले सपनालाई भगाएर ल्याएका थिए । वडा अध्यक्ष बाँठाका अनुसार आज बिहान लोकेन्द्रको अस्थायी टहरामा दुबै जना मृत अवस्थामा फेला परेका हुन् ।

लोकेन्द्रको आमा बिरामी भएपछि बुवाको साथमा उपचारको लागि नेपालगञ्ज गएको बेला घरमा यस्तो घटना भएको हो । एक मात्र छोरा लोकेन्द्रको एक बहिनी हुनुहुन्छ । काठमाडौमा अध्ययनरत छोरीको साथमा बुवाआमा नेपालगञ्जबाट फर्कदै गरेको बताईएको छ ।

घटनास्थलमा प्रहरी पुगिसकेको छ । प्रहरीले बुवाआमा आएपछि मात्रै आवश्यक कानूनी प्रक्रिया सूरु गरेर घटनाको अनुसन्धान गर्ने जनाएको छ ।

स्थानीयका अनुसार लोकेन्द्र झुन्डिएको अवस्थामा रहेका छन् भने सपना भुईमा मृत अवस्थामा रहेकीछिन् ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज