September 13, 2026, Sunday
२०८३ भाद्र २९, सोमबार
घरायसी विवाद हुदा बुवाले गरे छोराको ह’त्या

घरायसी विवाद हुदा बुवाले गरे छोराको ह’त्या

भक्तपुरमा घरायसी विवादमा बुवाले चक्कु प्रहार गरी छोराको हत्या गरेका छन् । ६३ वर्षीय दीपबहादुर शाहीले तरकारी काट्ने चक्कु प्रहार गरी ३१ वर्षीय छोरा नरेन्द्रबहादुर शाहीको हत्या गरेका हुन् ।

अछामको कमलनगर नगरपालिका-६ घर भएका उनीहरु भक्तपुर नगरपालिका-२ स्थित शहीद स्मृति खेल मैदान नजिक बस्दै आएका थिए ।

गएराति करिब सवा १० बजे घरायसी विवादको क्रममा दीपबहादुरले तरकारी काट्ने चक्कु छोरामाथि प्रहार गरेका थिए । बुवाको चक्कु प्रहारबाट गम्भीर घाइते भएका नरेन्द्रबहादुरलाई उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो ।

उपचारकै क्रममा गएराति करिब पौने ११ बजे उनको मृत्यु भएको हो। घटनापछि नरेन्द्रका बुवा दिपबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।