लोकसेवामा होमिएका कीर्तिको सफलता र धन्यवाद..
प्रिय काठमाडौँ तिमि संग गाँसिएका प्रेमका गुच्छाहरु केहि समयको लागि जिम्मेवारीको भारी लिएर कर्मभुमिको यात्रा तय गर्दैछु , राष्ट्र प्रेम, देश दर्शन र नागरिकको सेवा प्रवाहको लागि अबको गन्तव्य नेपालको पर्यटनको राजधानी सुन्दरभुमि कास्की कर्मभुमि रहनेछ ।
मेरो लोकसेवाको यात्रामा सधै हौसला प्रदान गर्ने मेरो पुजनिय माता पिता प्रति शाश्वत् प्रणाम, परिवार, अङकल, दाईभाउजू र बहिनीलाई विशेष धन्यवाद । मलाई सधै सकारात्क उर्जा दिने मेरा प्रिय गुरुहरु, आफन्तिजन्, साथिभाई, शुवेच्छुक लगायत सबैमा कृतज्ञता, समर्पन गर्दछु ।
उच्च शिक्षा अध्ययन र शैक्षिक ज्ञानको उद्यानको रुपमा रहेको काठमाडौको, कीर्तिपुर मेरो पाठशाला नै बनेको थियो । Tribhuwan university Central library , Cedep Nepal(NAME) institute पुतलिसडक, zenith Kirtipur मेरा अध्ययनका केन्द्र थिए जहाँ बहुत सम्झन योग्यपल छन् । बिहानै cedep nepal मा कक्षा लिन कीर्तिपुर बाट गाडी चढेर सुनधारा हुँदै पुतलीसडक पुगेका दिन अनि Central library मा बिहानै पढ्नका लागि लाईन बसेका कयौं दिनहरु यो मनमा सम्झना आईरहन्छ।
कयौं उतारचढाव हुदाहुदै पनि लोकसेवा पास गर्ने अठोट र हुटहुटी यो मन र मस्तिष्कमा थियो। केही असफलता पछि सफलताको सिढी पार गर्न सफल भैयो मैले वि.स २०८० सालमा मैले दिएका ४ वटा पाँचौ तहका परिक्षा मध्ये २ वटामा सफल भए प्रदेश लोकसेवा आयोग गण्डकी र लुम्बिनी, बाकी दुई वटा नतिजा आउन बाकी नै छ आसा छ यसमा पनि सकारात्मक नतिजा आउनेछ ।
मनलाई एकाग्रता बनाई नियमित अध्ययन गरेमा लोकसेवा पास गर्न गाह्रो छैन। तर लाखौं र हजारौंको भिडमा आफुलाई अब्बल बनाउन पढ्नु बाहेक बिकल्प पनि छैन। लोकसेवा पास गर्ने एउटै अस्त्र हो निरन्तर अध्यन जसले सफलता नजिक पुर्याउने गर्दछ ।
बजार चलाएको जस्तो फलामको चिउरा चपाए बराबर लोकसेव पास गर्न गाह्रो पनि छैन निरन्तरताको एक किसिमको पढाईले लोकसेवा पास गर्न सकिन्छ।
यो मेरो सानो सफलता मात्र हो, बाँकि सफलता हासिल गर्नु नै छ । यदि तपाई लोकसेवा तयारीमा हुनुहुन्छ भने confidence, निरन्तरता, लगनशीलता, धैर्यता र मिहेनतका साथ अघि बढ्नुहोस् अवस्य सफल भैईन्छ।
अन्त्यमा , मलाई विभिन्न फोनकल, SMS, whatsApp,viber twitter, insta,tiktok लगायत प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा बधाई र शुभकामना दिने सबैलाई अभिनन्दन र धन्यवाद, जयहोस् ।
प्रिय काठमाडौँ तिमी सपनाका अञ्जुली छरिदिनु म गन्तव्यको मिठास बोकेर पुनः आउनेछु ।
हाल नियुक्ति लिएको पद प्रदेश निजामति सेवा प्रशासन पाँचौ तह वरिष्ठ आन्तरिक लेखा परिक्षक (ना.सु)
लेखकको सम्वन्धमा