स्थानीय सरकारलाई सबल, सक्षम बनाउनुपर्नेमा अध्यक्ष बुढाथोकीको जोड
फागुन ०७, सल्यान ।
छत्रेश्वरी गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै स्थानीय सरकारलाई सबल, सक्षम बनाउनुपर्ने बताएका छन् ।
सोमबार एक शुभकामना सन्देश जारी गर्दै उनले स्थानीय सरकार नागरिकको दैलोको सरकार भएको र नागरिकका हर समस्या समाधानको पहिलो दायित्व पनि स्थानिय सरकारकै भएको भन्दै स्थानीय सरकारलाइ सबल, सक्षम बनाउन सबैको भुमिकाको अपेक्षा गरेको उल्लेख गरेका हुन् ।
प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै देशमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको भन्दै अध्यक्ष बुढाथोकीले आर्थिक समाजिक रुपान्तरण सहित आम नागरिकको जीवनस्तर सुधार गर्ने लक्ष्यसाथ गाउँपालिका अघि बढिरहेको बताए । उनले छत्रेश्वरी गाउँपालिका विकास र समृद्धिका लागि निरन्तर प्रयत्नमा रहेको बताए । शुभकामना सन्देशमा भनिएको छ, ‘स्थानिय सरकारलाई काम गर्नका लागि विभिन्न समस्याहरु रहेता पनि चुनौतीहरुको व्यवस्थापन गर्दै “म बनाउछु, मेरो छत्रेश्वरी” को नारालाइ आत्मसात गर्दै जिम्मेवार ढंगले बिकास निर्माण संगै सेवा प्रवाहलाइ प्रभावकारी बनाउने उदेश्य सहित हामी अघि बढिरहेका छौँ ।’
छत्रेश्वरीको अनेकन अवसर तथा सम्भावनालाई सार्थकता दिनका लागि कटिबद्ध रहेको र कतिपय कामको सकारात्मक परिवर्तन पनि देखा पर्न थालिसकेको भन्दै अध्यक्ष बुढाथोकीले समग्र छत्रेश्वरीको बिकासका लागी सम्पूर्ण राजनैतिकि दल, बुद्धिजिवि, कर्मचारी, पत्रकार साथिहरु तथा आम नागरिकको साथ सहयोग रहने विश्वास लिएका छन् ।
उनले सन्देश मार्फत समस्त छत्रेश्वरी गाउँपालिकाबासी एवम् स्वदेश तथा बिदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० को सुखद् अवसरमा शुभकामना व्यक्त गरेका हुन् । १०४ बर्षिय जहाँनिया निरंकुश राणा शासनको अन्त्य गरी नेपालमा प्रजातन्त्र स्थापनाका लागि तथा अन्य विभिन्न कालखण्डमा सकारात्मक परिवर्तनका लागि आफ्नो ज्यानको आहुती दिने सहिदहरुप्रती उच्च सम्मान सहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ ।
प्रजातन्त्रको लाभ आम नागरिकले प्राप्त गर्न सक्ने वाताबरण श्रृजना गर्दै सबैले आफनो ठाँउबाट योगदान गर्न र सहिदका अधुरा सपनाहरु पूरा गर्न सकारात्मक सोचका साथ अगाडी बढ्न अध्यक्ष बुढाथोकीको अनुरोध छ ।
लेखकको सम्वन्धमा