प्रजातन्त्र दिवस – एक कविता
कतिले लेख्छन कती लेखिन्छन्,
कतिले छाप्छन कती छापिन्छन्,
कतिले जित्छन कती जिताइन्छ्न,
कतिले हार्छन कती हराइन्छन,
कतिले देखाउछन कती देखाईन्छन्,
कतिले लुकाउछन कती लुकाईन्छन्,
कतिले चिनाउछन कती चिनाइन्छन,
कतिले मार्छन कती मारिन्छन्,
र पनि याबत याबत चलिरहेकै छन्
संसारिक बृत्तचित्रहरु ।
हरेकको आफ्नै जिन्दगीका थिएटरहरुमा,
आखिर
जस्ले लेखे पनि लेखिएपनि,
जिते पनि जिताएपनी,
छापे पनि छापिएपनि
हरेक जिन्दगीको बृत्तचित्रमा
कथा बस्तु र
नायक त एउटै हुने रैछ नि
तेसैले ,
किन पिर गर्छौ
हार्यो हराइयो,
लेख्यो लेखियो,
छापियो छपाइयो
आदी इत्यादी भनेर
जस्ले जे गरोस गर्न देउ
तिम्रो जिन्दगीमा जसले जे रङ पोत्छ पोत्नदेउ
र बुझ, कसैले कालोमोसो पोत्दैमा
तिम्रो रङिन जिन्दगी श्याम स्वोएत हुँदैन भनेर
आखिर आफ्नो जिन्दगीको
नाएक भने नि गाएक भने नि
कथाकार भने नि गितकार भने नि
सबै सबै तिमी नै हौ
अनी
बाँच यसरी कि
तिमी नाङै आयौ र नाङै जाने छौ
र यही नै हो पूर्ण प्रजातन्त्र ।।
बाटो गुमाएको प्रजातन्त्र दिवसको दिनमा सबै सबै प्रजा जो गण भए जो लोक भए सबैलाइ शुभकामना ।
– बिमर्श प्रधान
#बिमर्श प्रधान ##प्रजातन्त्र दिवस #कविता
लेखकको सम्वन्धमा