January 17, 2025, Friday
२०८१ माघ ४, शुक्रबार
छत्रेश्वरीमा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिने

छत्रेश्वरीमा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिने

कार्तिक २४, सल्यान ।

सल्यानको छत्रेश्वरी गाउँपालिकाले अब देखि वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ ।

गाउँपालिकाको वडा न. ६ बाहेकका सबै वडाबाट आ.ब २०८०/८१ को प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता यहि कार्तिक ०५ गतेबाट वितरण गर्न सुरु गरिने गाउँपालिकाले बताएको छ ।

गाउँपालिकाले हरेक लाभग्राहीको सहजताका लागि वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको हो । दूरी टाढा भएका कारण र वृद्धवृद्धा भएका ज्येष्ठ नागरिकलाई बैंकसम्म पुग्नुपर्ने बाध्यता र लाइन बस्नुपर्ने सास्ती बढी भएकाले यसको अन्त्यका लागि वडा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्यक्रम अघि बढेको पालिकाको भनाइ छ ।