May 17, 2024, Friday
२०८१ जेष्ठ ४, शुक्रबार
प्रमिला हत्या प्रकरण : हत्या आरोपी जेठाजु झुन्डिएको अवस्थामा मृत फेला

प्रमिला हत्या प्रकरण : हत्या आरोपी जेठाजु झुन्डिएको अवस्थामा मृत फेला

साउन २५, सल्यान ।

गत साउन २१ गते मकैबारीमा घाँटी रेटिएर बीभत्स हत्या गरिएकी सल्यानको शारदा नगरपालिका – १४ माल्नेटा ढारखानीकी ४५ वर्षीया प्रमिला गिरीको हत्या आरोपी उनकै जेठाजु ५४ बर्षीय वीर बहादुर गिरि ५ दिनपछि झुन्डिएको अवस्थामा मृत फेला परेका छन ।

उनको शव बिहिवार बिहान घरदेखी ४ कि.मि. टाढा तुसारेमा मानिस नबस्ने खाली घरको बार्दलीमा कपडाको धोतीले पासो लगाई झुन्डिएको अबस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

हत्या आरोपी गिरि हत्या गरेकै दिन देखि फरार थिए र उनको प्रहरीले खोजी गरिरहेको थियो ।

मृतकको लास अहिले पोष्टमोर्टमको लागि जिल्ला अस्पताल सल्यान पठाइएको र घटनाको बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सन्तोष खनालले बताउनुभयो ।

यो पनि पढ्नुहोस ।

घाँस काट्न गएकी प्रमिलाको हत्या

 

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज