रोजगारीको सिलसिलामा भारत पुगेका रोल्पाका एक युवकको घर भत्किएर मृत्यु
असार २४, रोल्पा ।
रोजगारीको सिलसिलामा भारत पुगेका रोल्पाका एक युवकको घर भत्किँदा मृत्यु भएको छ ।
जिल्लाको गंगादेब गाउँपालिका ५ हम्पालका २६ बर्षीय सिद्ध बहादुर केसीको भारतको पौडि गड्वालमा काम गर्ने क्रममा पुरानो घर भत्काउँदा घरको लेन्टरले च्यापिएर घाइते अवस्थामा रहेका थिए ।
घाइते अवस्थामा रहेका केसीलाई तत्काल उद्दार गरेर उपचारकोलागी अस्पताल पुर्याइएको थियो । उनको उपचारको क्रममा शनिबार राती मृत्यु भएको उनिसङ्गै काम गर्ने साथीहरुले बताएका छन ।
केहि दिन अगाडि मात्रै उनी रोजगारीको सिलसिलामा भारत पुगेका थिए । उनका घरमा श्रीमती र एक छोरी छन् ।
मृतक केसीलाई नेपाल लिएरै दाहा संस्कार गरिने उनका परिवारले जनाएको छ ।
लेखकको सम्वन्धमा