वि.व्य.स गठन विवादित बन्दा गंगादेव ५ को नेपाल राष्ट्रिय माविमा स्थानीयद्वारा तालाबन्दी
जेठ १२, रोल्पा ।
बिधालय ब्यबस्थापन समिति गठन प्रक्रिया विवादित बन्दा रोल्पाको गंगादेव गाउँपालिका – ५ को नेपाल राष्ट्रिय मावि सिमखोलामा स्थानीयद्वारा तालाबन्दी गरिएको छ ।
बिद्यालय ब्यबस्थापन समिति गठन प्रक्रियामा शिक्षा ऎन २०२८ र शिक्षा नियमावली अनुसार नभई गाउँ कार्यपालिकाले शिक्षा ऎनसंग बाजिने गरि कार्यविधी बनाइ राजनीतिक हस्तक्षेपगरि एकलौटी बि व्य स गठन गर्न खोजेको भन्दै तालाबन्दी गरिएको स्थानीयहरुले बताएका छन ।
२०७९ पौष १४ गतेको आम अविभाबक भेलाको निर्णयले ४ जनाको नाम अगाडि सारेको भएपनी वडाअध्यक्षले बेवास्ता गरेको र शिक्षा नियमावली विपरीत राजनितिक आडमा बि.व्य.स गठन गर्न खोज्दा तालाबन्दी गर्न बाध्य भएको स्थानिय दिपक केसीले बताए ।
बिधालयको आधिकारिक सूचना बिना राजनीतिक आडमा बि ब्य स गठन गर्न खोजेको, प्रधानाध्यापक नभएको उक्त विधालयमा नि.प्र.अ को रुपमा काम गर्दै आउनु भएकि मिना कुमारी शर्मालाई विना कारण धाक धम्कि दिदै अपमानपुर्ण व्यवहार गरेको बिधालयले भनाइ छ ।
यस बिषयमा सरोकार वाला पक्षबाट समस्या को समाधान नभए सम्म स्थानियको संघर्ष जारी रहने प्रेस विज्ञप्तीमा भनिएको छ ।
यस्तो छ बिज्ञपति
यस बिषयमा वडाअध्यक्षसंग कुरा गर्न खोज्दा सम्पर्क हुन सकेन ।
लेखकको सम्वन्धमा