May 26, 2024, Sunday
२०८१ जेष्ठ १३, आईतवार
रोल्पामा आफ्नै छोराले गरे बुवाको हत्या

रोल्पामा आफ्नै छोराले गरे बुवाको हत्या

फागुन ०२, राेल्पा । रोल्पामा आफ्नै छोराले बुवाकाे हत्या गरेका छ्न ।

जिल्लाको माडी गाउँपालिका – ५ बाग्माका ३७ वर्षीय नर बहादुर बुढाले ६९ वर्षीय बुवा प्रथमन बुढालाई कुटपिट गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ ।

कुटपिट गर्ने छाेराकाे मानसिक सन्तुलन ठिक नभएको जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रहरी निरीक्षक देवीराम भण्डारीले जानकारी दिएका छ्न ।

मृतक बुढाका बाबू छाेरा घरमा एक्लै थिए। पक्राउ परेका नरबहादुरलाई ईलाका प्रहरी कार्यालय घर्तीगाउँमा राखि थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक भण्डारीले बताए ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज