February 22, 2024, Thursday
२०८० फाल्गुन १०, बिहीबार
बिद्यार्थीका समस्यामाथी अनेरास्ववियु सल्यानका संयोजक पुनको तदारुकता

बिद्यार्थीका समस्यामाथी अनेरास्ववियु सल्यानका संयोजक पुनको तदारुकता

असार २१, सल्यान ।

सिटिईभिटी अन्तर्गतको तुलसीपुर स्थित भ्यालि टेक्निकल ईन्स्टिच्यूटले त्यहाँ सञ्चालित उद्यम विकास सहजकर्ता (ईडिएफ) कक्षा अध्ययनका लागि ६० जना विद्यार्थीको नाम निकाल्यो ।

६० मध्ये ५१ जना मात्रै अध्ययनका लागि ईन्स्टिच्यूटमा आए । ५१ जना अध्ययनरत विद्यार्थी रहेको यो कक्षाको पढाई पुरा भैसक्यो । १८ महिने कोर्षको अध्ययन पुरा गरेका ४० जना विद्यार्थीले परिक्षा दिइसके, तर ११ जना विद्यार्थीले भने अहिलेसम्म परिक्षा दिन पाएका छैनन् । उनीहरु परिक्षाको मिति कुरेर बसेका छन् ।

एक विद्यार्थी आफुहरुको समस्याका निम्ति कुनैपनि सरोकारवाला निकायले ध्यान नदिएपछि अनेरास्ववियु सल्यानका संयोजक बिशाल पुनसङ्ग आफ्नो भबिस्य जोगाइदिनको लागि सहयोग गर्न भन्दै गुहार माग्न आइपुगे उनले भने, ‘परिक्षाको रुटिन केहि दिनमै आउँछ भनेर सरले मिति सारिरहनु भयो र पछि हामिलाइ झुक्याउन सामाजिक संजालका फोटोहरु निकालेर गलत रुटिन बनाएर पठाउनु भयो । एसईई पास गरेपछि यो कक्षा अध्ययन गर्न पाईन्छ भर्ना भएर परिक्षा दिन नपाएका सम्पूर्ण बिध्यार्थिहरुले आफुले बुझाउनु पर्ने सबै शूल्क बुझाइसकेका पनि छन् ।

१८ महिने कोर्षका लागि भर्ना सहित ६० हजार र परिक्षा शूल्क वापत थप १३ हजार ९ सय रुपैयाँ उनीहरुले कलेजलाइ बुझाएका छन् । विद्यार्थीहरुका अनुसार सबै कुरा सुनेपछि संयोजक पुनलाई  लाग्यो यो सब विद्यालयले गरेको  चलाखी मात्रै हो र पुन को नेतृत्वमा अनेरास्ववियु दाङका नेताहरु उक्त कलेज पुगे र सोधपुछ गर्दा कलेजका अनुसार सिटिईभिटी अन्तर्गतको यो कक्षामा यो कलेजले पाएको कोटा भनेको ४० जना विद्यार्थी संख्या मात्रै हो भनि संचालक ले स्वीकार गरेपछि पुनले शिक्षाका नाममा ईन्स्टिच्यूटले गरेको यो बदमासि नै सावित भएको बताएका छन ।

संयोजक पुनका अनुसार कोटा भन्दा बढि भर्ना गरिएका ११ जना विद्यार्थीको परिक्षा भने अन्यौलमा देखियो र बिध्यार्थिहरु को समस्या समाधानको लागि तिन बुदे सहमति गरि कार्यान्वयन गर्न दवाफ दियका छौ, कलेज संचालकले उक्त सहमति कार्यान्वयनको लागि सकारात्मक प्रतिबद्धता जनायका छन यदि सहमति कार्यन्वयन नगरे अनेरास्ववियुले थप कार्वाही अगाडि बढाउने पनि संयोजक पुनले बताए ।

उनले SEE मा पास हुने सम्पुर्ण विद्यार्थीलाइ सुभकामना दिदै उनले भने ‘कलेजका यस्ता गतिविधि देखि सावधान रहि शैक्षिक संस्था रोज्दा शैक्षिक संस्था बारे राम्रो जानकारी लिन पनि अनुरोध गरेका छन हरेक आन्दोलनमा आम विद्यार्थी र जनताको साथमा रहेको अनेरास्ववियुले त्याग, समर्पण र बलिदानिको उच्चतम नमुना प्रदर्शन गरेको थियो र छ हामि कोहि बिद्यार्थीलाइ अन्याय हुन दिदैनौ कतिपय घटना हामि सम्म आइपुग्दैनन र त्यसै सेलायर जान्छन बिद्यार्थीको साथमा हामि छौ र जो कोहि बिध्यार्थिलाइ अन्याय हुदा हामिलाइ सम्झनु होला हामि साथ दिन्छौ ।’

सहमति पत्र

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज