January 19, 2025, Sunday
२०८१ माघ ६, आईतवार
सिडिओलाई विभिन्न चार बिषयमा अनेरास्ववियु सल्यानको ध्यानाकर्षण

सिडिओलाई विभिन्न चार बिषयमा अनेरास्ववियु सल्यानको ध्यानाकर्षण

असोज ३०, सल्यान । नेकपा (एमाले) को भातृ संगठन अनेरास्ववियु सल्यानले सल्यानका प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई विभिन्न ४ बिषयमा ध्यानाकर्षण गराएको छ ।

आइतबार संगठनका अध्यक्ष राजेश वलीले सिडिओ लाई ध्यानाकर्षण पत्र बुझाएका हुन ।

ध्यानाकर्षण पत्रमा चाडपर्वका अवसरमा हुने महंगी, कालोबजारी नियन्त्रण गर्न बजार अनुगमन गर्नुपर्ने, चाडवाडका बेला हुने चोरी डकैती र झैझगडा नियन्त्रण गर्न प्रहरीको सक्रियता र परिचालन बढाउनुपर्ने, सवारीसाधनले अनुचित भाडा लिइरहेकाले अनुगमन र नियन्त्रण गर्नेपर्ने तथा दुर्घटना न्युनिकरण गर्न क्षमता भन्दा बढी यात्रु बसाल्न नदिन आग्रह गरिएको छ ।

हेर्नुहोस, ध्यानाकर्षण पत्र