September 19, 2024, Thursday
२०८१ आश्विन ३, बिहीबार
उत्पादित आलुमा चर्को कर लगाउदा रोल्पा गंगादेवका किसान चिन्तित

उत्पादित आलुमा चर्को कर लगाउदा रोल्पा गंगादेवका किसान चिन्तित

भुपेन घर्ती – रोल्पा ।

रोल्पा जिल्लाको १० स्थानिय तह मध्ये धैरै जसो बेला-बेला बिबादास्पद बन्ने गाउँपालीका गंगादेब हो भन्दा फरक नपर्ला ।

कृषकहरुले गाउँपालिकाबाट पाउँने सेवा सुबिधाको साटो उल्टै किसानलाई न‌ै भार पर्ने तरिकाले कर लगाउदा अहिले पनि बिबादास्पद बनेको छ यो पालिका ।

रोल्पाको गंगादेब गाउँपालिकाले गत बर्ष आलुको प्रति क्विन्टलमा १० रूपैयाँ कर लिएको थियो । यो बर्ष भने ९० रूपैया बढाएर प्रति क्विन्टलमा १०० रूपैयाँ लिने गरेको गंगादेब बासी किसानहरूले बताएका छन् । आलु उत्पादनमा फस्टाएको गंगादेब यसरी ह्वात्तै कर बृद्धि हुदा किसानहरू निक‌कै मारमा परेका छ्न ।

आलु किसानको घरबाट ठेकेदारले नै उठाए पनि प्रति क्विन्टल १०० रूपैया किसानहरूलाई नै भार पर्दछ । हजारौं क्विन्टल आलु उत्पादन हुने यस गाउपालिकामा यसरी किसानहरूले कर तिर्दा लाखौँ रूपैयाँ गाउँपालिकाले कर उठाउने देखिन्छ ।

अहिले यहाँको आलु केहि थौरै किसानहरूले ब्रिक्रि गरेपनि अझै धैर‌ै जसो किसानहरूले आलु बिक्रि गर्न बाकि नै छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज