March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार
सल्लिवजार लिफ्ट खानेपानीकाे परिक्षण : ४ मिनेटमै १ हजार लिटर पानी फाल्याे

सल्लिवजार लिफ्ट खानेपानीकाे परिक्षण : ४ मिनेटमै १ हजार लिटर पानी फाल्याे

दुर्गा विसी, सल्यान ।

सल्यानकाे सल्लिवजारमा गौरवको आयोजनाका रुपमा रहेको लिफ्ट खानेपानीकाे शुक्रबार परिक्षण गरिएको छ ।

आर्थिक बर्ष २०७७/०७८ मा शिलान्यास भएको उक्त याेजनामा विवादास्पद बनेपछि समयमै बजारवासिलाई खानेपानी पुर्‍याउन सकिएको थिइएन । खानेपानी आयोजनाको परिक्षण निरक्षणकाे प्रमुख जिल्ला अधिकारि वेद प्रसाद खरेल, खानेपानी सरसफाइ तथा उर्जा विकास कार्यालय सल्यानका प्रमुख पदमराज देवकोटा, स्थानीय बजारवासि, फिल्ड प्राविधिक राजेश वलि, इन्जिनियर विपन ज्ञवालि, उपभोक्ता समितिका अध्यक्ष दिपवहादुर खड्का, काेषाध्यक्ष शिवा यरि, तत्कालीन वडा वडा अध्यक्ष शान्त कुमार यरि र सुरक्षा निकायकाे टाेलिलेले अनुगमन गरेको छ ।

याेजना सम्पन्नता पश्चात ६ सय २४ घरधुरीलाई एक घर एक धाराकाे लक्ष्य अनुरुप पानी सुविधा पुर्‍याउने लक्ष्य राखिएको छ । १ लाख घनलिटर र ७५ हजार घनलिटरका दुई ट्याकी, १२ सय मिटर पाइपलाइन, २८ फिट गहिराइ इनारको काम सम्पन्न भैसकेको छ ।

आयोजनाको १ सय ९० मिटर उचाइमा ४ मिनेटमा १ हजार लिटर पानी जम्मा हुने गरेको छ । हालसम्म यो योजनामा २ करोड ५ लाख खर्च भैसकेको छ भने याेजना सम्पन्न हुदा सम्म ३ करोड वजेट खर्च हुने जनाइएको छ । अब याेजना सम्पन्न हुने १ वर्ष मात्रै बाँकी छ । सल्लिवजार मात्रै नभएर देवस्थल, वस्नेउरा आसपासका क्षेत्रमा समेत खानेपानी पुर्‍याउने लक्ष्य लिएकाे छ । याेजना सम्पन्नता पश्चात् सल्लिवजारकाे पुस्त्यानि खानेपानी समस्या हल हुने अपेक्षा लिएको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज