सल्लिवजारमा खानेपानीकाे चरम संकट : काकाकुल अवस्थामा सल्लिबजार वासी
दुर्गा विसि – जेठ १८, सल्यान ।
सल्यानकाे बनगाड कुपिण्डे नगरपालिकाकाे सदरमुकाम रहेको सल्लिवजारमा नै खानेपानीकाे चरम संकट उत्पन्न भएको छ ।
याे यहाँको विगत देखिकाे समस्या हाे । सुख्खा याममा मुहानमा पानी नै कम हुने भएकोले सल्लिवजारकाे समस्या वर्षेनि यहि हविगत छ । खानेपानीकाे लागि लिफ्ट खानेपानी याेजना समेत ४ वर्ष देखि पुर्णता पाउन सकिरहेको छैन ।
सल्लिवजार लिफ्ट खानेपानी उपभोक्त समितिका अध्यक्ष दिपवहादुर खड्काले विभिन्न समयमा अवरोधै अवरोधका कारण समयमै काम सम्पन्न हुन नसकेको स्विकारे । कहिले उपभोक्त समिति गठनमा विवाद त कहिले खानेपानीकाे लाइन लिनकाे लागि स्थान परिवर्तनमा जटिलता थपिनले खानेपानी अघि वढ्न सकेको छैन । समितिका अध्यक्ष खड्काले समेत खानेपानी लाइन लिनका लागि समस्यासँगै विवाद हुदा काम अघि वढाउन लामाे समय लाग्यो ।
अवकाे केही दिनमै परिक्षणको सुरसारमा रहेको भनाइ रहेको छ । जिल्ला खानेपानी तथा सरसफाइ कार्यालय समेत काम अघि वढ्न नसकेकोमा साेहि क्षेत्रका उपभोक्त दाेषि रहेको जनाएको छ । विभिन्न समयमा खानेपानी याेजनामा हुने अवरुद्ध र जटिलता नफुक्दा याेजनाले समयमै पुर्णता पाउन नसकेको कार्यालयको भनाइ छ । विभिन्न वहाना बाजि र अड्काे थाप्ने कार्यले सल्लिवजार करोडौंकाे लिफ्ट खानेपानी याेजनाकाे पानी खाने धाेकाे स्थानीयकाे अधुरै रहेको छ ।वजारवासि भने यतिबेला खानेपानी चरम संकट झेलिरहेका छन् ।
४ घण्टा लाइन लाग्दा समेत एक गाग्री पानी पाउने अवस्था छैन । सुख्खा खडेरीमा सल्लिवजारमा आउने खानेपानीकाे मुहानमा पानी कम हुदा पानीको समस्या हुने गरेको छ । सराेकारवाला निकाय प्रती यहाँका स्थानीय रुष्ट छन् ।वजारवासिले वर्षेनि याे समस्या झेलिरहेका छन् तर स्थानीयवासिकाे खानेपानी याे समस्या प्रती सराेकारवाला निकायहरु वेखबर बन्नुले यहाँका नागरिक चिन्ता व्यक्त गर्दछ्न ।यस्तो काकाकुल अवस्था छ,एक गाग्री पानी लिन कुवा हुनेहरुकाे घर घर धाउदा यहाँका नागरिक हत्तु हैरान छन् ।








लेखकको सम्वन्धमा