सल्यानमा स्कार्पियो जिप र मोटरसाइकल एक आपसमा ठोक्किदा ३ जना घाइते
जेठ १०, सल्यान ।
सल्यानमा स्कार्पियो जिप र मोटरसाइकल एक आपसमा ठोक्किदा ३ जना घाइते भएका छन ।
बुधबार करिब २:४५ बजेको समयमा जिल्लाको छत्रेश्वरी गाउँपालिका ६ लान्ती नजिकै दाङदेखी श्रीनगर तर्फ आउँदै गरेको बा. १६ च ६९४ नं. को स्कार्पियो जिप र बिपरित दिशाबाट गईरहेको रा. १ प. ९९०९ नं. को मोटरसाइकल एकआपसमा ठक्कर खाँदा मोटरसाइकल चालक सल्यान शारदा नगरपालिका १ श्रीनगरका २६ बर्षीय सुमन गिरि, मोटरसाइकलको पछाडी सवार अन्दाजी १९ बर्षीय उमा बिष्ट त्यस्तै स्कारपियो चालक दाङको बबई गाउँपालिका ४ का ३४ बर्षीय गजराज बलाम क्षेत्री घाईते भएका जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।
घाइते मध्ये मोटरसाइकलमा सवार २ जनाको अबस्था गम्भीर रहेको छ भने स्कार्पियो चालकको हातमा सामान्य चोट लागेको छ । घाइतेहरुको अहिले परोपकार हस्पिटल श्रीनगरमा उपचार भईरहको छ ।
एकआपसमा ठक्कर खाँदा मोटरसाइकल सडकदेखी करिब ५० मिटर तल खसेको थियो ।
स्कार्पियो जिप ईलाका प्रहरी कार्यालय सितलपाटीको नियन्त्रणमा रहेको र मोटरसाइकल भने घटनास्थलमै रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक गोपाल श्रेष्ठले बताउनुभयो ।
लेखकको सम्वन्धमा