सल्यान श्रीनगरका छुट्टाछुट्टै ४ स्थानमा चोरी तथा तोडफोड
बैशाख २९, सल्यान । सल्यानमा एकै दिन एकै ठाउँका ४ स्थानमा चोरी तथा तोडफोड भएको छ ।
जिल्लाको शारदा नगरपालिका १ श्रीनगरका ४ स्थानमा बिहिवार राती करिब १२ बजे तिर तोडफोड तथा चोरी भएको हो ।
श्रीनगर बजार स्थित तल्लो काउन्टर नजिकका ज्ञान बहादुर खड्काको घरको तल्लो तलामा कोठा गरी बस्ने कृष्णा कुमारी बुढाथोकीको कोठामा कोही नभएको अबस्थामा घरको पछाडिबाट भित्र पसी कोठाको ताला तोडि दराजमा राखेको ८ आनाको सुनको झलर, ४ आनाको सुनको तिलहरी र नगद रु.३५,००० चोरी भएको हो ।
त्यस्तै श्रीनगरकै अमर बुढाथोकीको घरको माथिल्लो तलामा रहेको नेस्नल लाईफ ईन्सुरेन्स कम्पनि अफिसको ताला तोडि भित्र घर्रामा राखेको रु. ४९,००० हजार चोरी भएको साथै तल्लो तलामा रहेको टेकमाईन नेटवर्कको अफिसको पछाडीको ढोका फोडेर भित्र पसेको र उक्त स्थानमा भने चोरी नभएको सोही ठाउँका कर्ण बहादुर डाँगीको घरको माथिल्लो तलामा रहेको युनियन लाईफ ईन्सुरेन्स कम्पनीको अफिसको ढोकाको ताला तोडेको भित्र गएको र चोरी नभएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।
चोरी गर्ने व्यक्तीहरुको खोजि कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सुचना अधिकारी सन्तोष खनालले बताउनु भयो ।
प्रतिकृया दिनुहोस्