सल्यानमा कम्प्युटर अपरेटर पढ्ने एक विद्यार्थीद्वारा अर्को बिद्यालयको कम्प्युटर चोरी
माघ २८ , सल्यान । विद्यालयकाे कम्प्यूटर चाेरी गरेकाे आराेपमा सल्यानमा तीन जना विद्यार्थी पक्राउ परेका छन् । जिल्लाकाे शारदा नगरपालिका ६ काे मदमकाँडा विद्यालयकाे कम्प्यूटर चाेरी गरेकाे आराेपमा माघ २२ गते राती ३ जना पक्राउ परेका हुन् ।
पक्राउ परेका एकजना विद्यार्थी १५ वर्षका र दुइजना १८/१८ वर्षका भएकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ । पक्राउ परेका तीनै जनाले श्रीनगरमा रहेकाे शिवजन माविमा कक्षा ९, ११ र १२ मा अध्यान गर्ने गरेकाे प्रहरीकाे भनाइ छ ।
कक्षा ११ मा पढ्ने १८ वर्षीय विद्यार्थीले आर्थिक अभावका कारण घरमा कम्प्युटर किन्न सक्ने अवस्था नबनेपछि विद्यालयको कम्प्युटर चोरी गरेकाे बताएका छन् ।
विद्यालयकाे कम्प्यूटर चाेरेर श्रीनगरमा काेठामा ल्याउँदै गर्दा राती गस्तीमा रहेकाे सल्यान प्रहरीले उनिहरुलाइ पक्राउ गरेकाे हो ।
श्रीनगरमा भाडाको एउटै कोठामा संगै बस्दै आएका साथीहरुलाइ मुख्य आरोपितले मलाइ आफ्नो पढाइ राम्रो संग अगाडी बढाउन कम्प्युटरको आवश्यकता पर्यो, घरमा किन्ने पैसा छैन, त्यसैले मैले एसइइ दिएको विद्यालयमा गएर लिएर आम, सबैलाइ सिक्न सजिलो पनि हुन्छ भनेपछि तिनजनाले योजना बनाएकाे बताइएकाे छ ।
कम्प्युटर अपरेटर पढिरहेका उनले आफ्नो राम्रो संग अगाडी बढाउन कम्प्युटरको आवश्यकता परेको तर घरमा किन्ने पैसा नभएर आफुले एसइइ दिएको विद्यालयमा गएर कम्प्युटर चोरी गरेको बताएका हुन ।
जिल्लाको शारदा नगरपालिका–६ निवासी कक्षा ११ मा पढ्ने १८ वर्षीय विद्यार्थीले आर्थिक अभावका कारण घरमा कम्प्युटर किन्न सक्ने अवस्था नबनेपछि विद्यालयको कम्प्युटर चोरी गरेका हुन् ।
हाल सल्यानको शिवजन उमाविमा अध्यनरत सो छात्रले माघ २२ दुइ जना साथीहरुलाइ लिएर मदमकाँडा विद्यालयको एक सेट कम्प्युटर चोरेको आरोपमा प्रहरीले तिन जनालाइ पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा शारदा नगरपालिका–६ निवासी १८ वर्षीय मुख्य आरोपित उनलाइ साथ दिने कक्षा १२ मा अध्यन गर्ने १८ वर्षीय एक जना र बनगाड कुपिण्डे नगरपालिका –९ निवासी कक्षा ९मा अध्यनरत १५ वर्षीय बालक रहेको छन ।
२२ गते राती मोबाइल गस्तीमा रहेको प्रहरी टोलीले आरोपित तिन जनालाइ श्रीनगर बजारबाट पक्राउ गरेको प्रहरीले जनाएको हो ।
श्रीनगरमा भाडाको एउटै कोठामा संगै बस्दै आएका साथीहरुलाइ मुख्य आरोपितले मलाइ आफ्नो पढाइ राम्रो संग अगाडी बढाउन कम्प्युटरको आवश्यकता पर्यो, घरमा किन्ने पैसा छैन, त्यसैले मैले एसइइ दिएको विद्यालयमा गएर लिएर आउ, सबैलाइ सिक्न सजिलो पनि हुन्छ भने पछि तिनजनाले योजना बनाएका बताईएको छ ।
हाल तिनै जनालाइ हिरासतमा राखी अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
प्रतिकृया दिनुहोस्