December 10, 2024, Tuesday
२०८१ मंसिर २५, मंगलवार
श्रीनगर बसपार्क एरियामा डोजर चल्यो : आफ्नै कार्यकालमा बसपार्क निर्माण गर्छु मेयर भण्डारी

श्रीनगर बसपार्क एरियामा डोजर चल्यो : आफ्नै कार्यकालमा बसपार्क निर्माण गर्छु मेयर भण्डारी

माघ ०२ सल्यान । सल्यानको शारदा नगरपालिका – १ श्रीनगरमा बन्न लागेको आधुनिक बसपार्ककोलागि उक्त एरियामा रहेको सरकारी पर्ती  ऐलानी जग्गामा निर्मित संरचनाहरु हटाउन शुरु गरिएको छ ।

घर टहरा हटाउन दिइएको ३५ दिने अल्टिमेटम शनिबार सकिएपछि नगरपालिकाले आइतबार बिहान ७ बजेदेखि घर टहरा हटाउन शुरु गरेको हो ।

आफ्नै कार्यकालमा आधुनिक बसपार्क निर्माण सक्छु प्रमुख भण्डारी:

नगर प्रमुख भण्डारीले आधुनिक बसपार्क निर्माणको काम सल्यान कै गौरवको बिषय भएकाले तत्काल काममा लाग्ने बताउनु भएको छ । पत्रकार सम्मेलनमा बोल्दै मेयर भण्डारीले उक्त एरियामा आधुनिक बसपार्क मात्र नभई बच्चा बच्ची खेल्ने पार्क र एउटा हस्पिटलको समेत कन्सेप्ट रहेकाले ऎलानी जग्गा खोज्नु परेको बताउनु भयो ।

नगरको ११ औं नगर सभाबाट १ करोड बजेट बसपार्कको सरसफाइ र केहि संरचना निर्माणकोलागि भएको र त्यो बाहेक हामीसंग अहिले शुन्य बजेट छ यो भन्दा पहिला ६४ करोडको बजेट परेको र ३ पटकसम्म बजेट फ्रीज भएको स्मरण गराउदै करोडौंको बजेट यहाँ आवस्यक भएकाले केन्द्र र प्रदेश सरकारसंग डिपिआर लिएर जाने उहाँले बताउनु भयो ।

बसपार्क एरियाको ऎलानी जग्गामा भएका घर टहरा मात्र हटाउने कि नगरपालिका भित्रका सबै ऎलानी घरटहरा पहिचान गर्ने? भन्ने पत्रकारको प्रश्नमा मेयर भण्डारीले अहिले सम्म हामीले सुचना दिएका घरटहराहरु ८३ थियो र त्यसबाहेक अरुपनि नगरपालिकाले खोज्दै गरेको र हामीसंग भएको ऎलानी जग्गा जहाँ राज्यलाइ आवस्यकता पर्छ त्यहा लिन सकिने बताउनु भयो ।

कुल ३५ रोपनी क्षेत्रफलमा रहेको उक्त जग्गामा रहेका ९० प्रतिशत नागरिकलाई विभिन्न तरिकाले सहयोग गरेको र घर नभएका बासिन्दालाई कोठा खोजेर ब्यबस्थापन गरेको नगरपालिकाले भनाइ छ ।

स्थानीयहरुले भने आफुहरु विकास विरोधी नभएको र कसैको घर भत्काउने र कसैलाई छोडेमा आन्दोलन गर्ने समेत चेतावनी दिएका छन ।

नगरपालिकाले भत्काएका संरचनाको (ढुङ्गा, इट्टा, झ्याल, ढोका टिन)  ब्यबस्थापनको लागी ३ दिनको समय थप गरेको छ यधपी सो समयावधिमा ब्यबस्थापन नभए नियमानुसार नगरपालिका स्वयंले हटाउने समेत उल्लेख गरेको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज