February 9, 2025, Sunday
२०८१ माघ २७, आईतवार
सल्यान शारदा नगरपालिकाको मेयरमा काङ्ग्रेसका भण्डारी र उममेयरमा सुनार विजयी

सल्यान शारदा नगरपालिकाको मेयरमा काङ्ग्रेसका भण्डारी र उममेयरमा सुनार विजयी

जेठ ३, सल्यान।
सल्यान शारदा नगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।

जस अनुसार पालिकाको मेयर र उपमेयर पदमा नेपाली कांग्रेसका प्रकाश भण्डारी र सुष्मिता सापकोटा सुनार फराकिलो मत अन्तरले बिजयी भएका छन।

भण्डारीले कुल ६,२१७ मत प्राप्त गरेका छन। उनले निकटतम प्रतिद्वन्दी मनोज प्रधानलाई १,२८० मतान्तरले पछि पार्दै बिजयी भएका हुन।

प्रधानले ४९३७ र माओवादी केन्द्रका प्रमोद श्रेष्ठले ३९९४ मत ल्याएका थिए।

मतगणनाको सुरुवाती चरण देखि नै अग्रता लिदै आएका भण्डारिको यो सानदार जित हो ।

त्यस्तै उपमेयरमा पनि कांग्रेसले नै जितेको छ। गठबन्धनका रमेश गौतमलाई ७२६ मतान्तरले पछि पार्दै कांग्रेसकी सुस्मिता सापकोटा सुनार विजयी भएकी हुन।

सापकोटाले जम्मा ५,३८० मत ल्याएकि छिन। उनका निकटतम प्रतिद्वन्द्वी गौतमले ४,५९५ र एमालेका जालना भण्डारीले ४,५२२ मत ल्याएकी छन।

सुरुमा गठबन्धनका रमेश गौतमसंग  अत्याधिक प्रतिस्पर्धामा रहेकी सापकोटा सुनारले १२ देखि १५ वडा गणना गर्दा लगातार लीड गर्दै सानदार जित हासिल गरेकी हुन ।

१५ वडा रहेको शारदा नगरपालिकामा ८ वटा वडा कांग्रेस, ५ एमाले, माओवादी र एकीकृत समाजवादीले एक/एक वडा जितेका छन ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज