April 17, 2026, Friday
२०८३ बैशाख ४, शुक्रबार
एमालेको मिसन ग्रासरुट : सल्यानको बागचौरमा अभियान सुरु

एमालेको मिसन ग्रासरुट : सल्यानको बागचौरमा अभियान सुरु

फागुन २०, सल्यान ।  नेकपा एमाले सल्यानले जिल्लाको बागचाैर नगरपालिकामा आज देखि मिसन ग्रासरुट अभियान सुरु गरेको छ ।

“दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गरौं, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं” भन्ने मान्यताका साथ एमालेको ग्रासरुट अभियान अन्तर्गत शनिबार बागचौरमा अभियान सुरु गरिएको हो ।

नेकपा (एमाले) बागचाैर नगर कमिटी द्वारा आयोजित मिसन ग्रासरूट अन्तर्गत नगर कमिटी बैठक तथा अभिमुखीकरण कार्यक्रममा प्रमुख अतिथि नेकपा (एमाले) का पाेलिटब्युरो सदस्य कर्णाली प्रदेश सह ईन्चार्ज पुर्व मन्त्री माेहन बानिया, प्रदेश कमिटी सदस्य कुल बहादुर गिरी, जिल्ला कमिटी सचिवालय सदस्य दिपेन्द्र प्रकाश डि.सी., निर्मला राेकाय जिल्ला कमिटी सदस्यहरु शारदा वली, ज्ञान प्रसाद शर्मा, उपेन्द्र वली, टिकाराम बि.क., लक्षिराम डाँगी, लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमकाे अध्यक्षता घनश्याम शर्मा र संचालन शाेभा राम बस्नेतले गर्नुभएको थियो । कार्यक्रममा मिसन ग्रासरुट अभियान अन्तर्गत वडा वडामा दुई महिने अभियान संचालनकाे कार्ययोजना निर्माण र जिम्मेवारी कार्य बिभाजन गरिएकाे छ ।