March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार
एमालेको मिसन ग्रासरुट : कपुरकोटमा वस्तिस्तरको भेटघाटलाई तिब्रता

एमालेको मिसन ग्रासरुट : कपुरकोटमा वस्तिस्तरको भेटघाटलाई तिब्रता

 

फागुन १४, सल्यान । सल्यानको कपुरकोट गाउँपालिकामा नेकपा एमालेले मिसन ग्रासरुट अन्तर्गत विभिन्न वस्तिमा कार्यक्रमलाइ तिब्रता दिएको छ ।

बस्तीस्तरसम्म पुगेर पार्टी सदस्यता नवीकरण र विस्तार मार्फत आधारभूत तहका पार्टी सदस्यको वास्तविक तथ्यांक र पार्टीको अवस्था पत्ता लगाउने तथा आधारभूत राजनीतिक, सैद्धान्तिक प्रशिक्षण दिने कार्यक्रमको योजना छ ।

जस अन्तर्गत आइतबार कपुरकोट ५ को जामुने र साउनेपानीमा पार्टीका केन्द्रीय प्रतिनिधि राम प्रसाद बराल सहित जिल्ला र स्थानिय कमिटिका सदस्यहरु पुगेका थिए । सो अवसरमा स्थानिय स्तरबाट देशको रक्षा र सकारात्मक परिवर्तनका लागि अविछिन्न रुपमा लागिरहने एकमात्र इमान्दार पार्टी नेकपा एमालेलाइ मजबुत बनाउनुपर्ने सुझाव प्राप्त भएको एमाले जिल्ला कमिटी सदस्य रुपक बुढाले जानकारी दिए ।

अभियान अन्तर्गत सार्यक्रममा स्थानिय कार्यकर्ताले नियमित रुपमा पार्टी प्रशिक्षण हुनुपर्ने, पार्टिका सबै तहका संगठनहरु कृयाशिल हुनुपर्ने जस्ता सुझाव दिनेगरेका छन ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज