January 16, 2025, Thursday
२०८१ माघ ३, बिहीबार
दाङमा मोटरसाइकलको ठक्करबाट सल्यानका एक किशोर घाइते

दाङमा मोटरसाइकलको ठक्करबाट सल्यानका एक किशोर घाइते

 

फागुन ०८, सल्यान । दाङमा मोटरसाइकलको ठक्करबाट सल्यानका एक किशोर घाइते भएका छन ।

तुलसीपुरबाट सल्यान जाँदै गरेको रा ४ प ६११९ नम्बरको मोटरसाइकलले सोमबार दिउँसो साढे दुईबजे तिर रक्षाचौर स्कुल नजिकै ठक्कर दिदा सल्यान त्रिवेणी गाउँपालिका – ४ फलावाङ घर भएका १८ बर्षीय टिका रावत घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ ।

मोटरसाइकल चालक सल्यान बागचौर नगरपालिका – ७ निवासी २२ वर्षका तेजबहादुर खड्का अहिले उपचारमा संलग्न रहेको प्रहरीले बताएको छ ।