July 14, 2024, Sunday
२०८१ असार ३१, आईतवार
दाङबाट सल्यान आउदै गरेको जिप दुर्घटना

दाङबाट सल्यान आउदै गरेको जिप दुर्घटना

माघ २०, दाङ । दाङबाट सल्यान आउदै गरेको जिप दुर्घटना हुदा ४ जना घाइते भएका छन ।

तुलसीपुर देखी सल्यानको कालिमाटी तर्फ जादै गरेको भे १ ज ३३६ नम्बरको जिप बबई गाँउपालिका ३ ट्वाङखोला स्थित ब्रेकफेल भएर दुर्घटना भएको हो । जिप सडकबाट १५० मिटर तल खसेको थियो ।

दुर्घटनामा परी घाइते हुनेहरुमा जिप चालक तुलसीपुर ९ बेलुवा निवासी ३४ वर्षीय लोक बहादुर खत्री र जिपमा सवार पश्चिम दाङको बबई गाँउपालिका २ निवासी १८ वर्षीय वविता केसी सोही ठाँउ निवासी २१ वर्षीय विनिता केसी र सल्यानको कालिमाटी गाँउपालिका ३ निवासी २७ वर्षीय सेतिराम घर्ति रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

घाइते भएका दुबै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको र घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज