May 6, 2024, Monday
२०८१ बैशाख २४, सोमबार
वडा कार्यालयबाटै सामाजिक सुरुक्षा भत्ता बितरण गर्दै सल्यानको बागचौर नगरपालिका

वडा कार्यालयबाटै सामाजिक सुरुक्षा भत्ता बितरण गर्दै सल्यानको बागचौर नगरपालिका

माघ १५, सल्यान – सल्यानको बागचाैर नगरपालिकाले सामाजिक सुरक्षा भत्ता अब वडा कार्यालयबाट बितरण गर्ने भएको छ ।

नगरपालिका भित्र संचालित विभिन्न बैंकका प्रमुखहरुसंग छलफल गरी बैंक सम्म आउन नसक्ने अशक्त , जेष्ठ नागरिकहरुलाइ वडा कार्यालयमै गएर बैंक कर्मचारी, जनप्रतिनिधि र सुरक्षाकर्मीको उपस्थितीमा भत्ता बितरण गर्न लागिएको बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमले बताउनुभयो ।

आफू निर्वाचित हुनुभन्दा पहिले चुनावमा प्रतिबद्धता गरे अनुसार सामाजिक सुरक्षा भत्ता वडा कार्यालय बाट बितरण गर्न थालिएको नगर प्रमुख गाैतमले बताउनुभयो । सामाजिक सुरक्षा भत्ता बैंकबाट बितरण हुँदा धेरै भिडभाड हुने, जेष्ठ नागरिक ,अशक्तलाई बैंकसम्म आउजाउ गर्न समेत सास्ती हुने गरेको र धेरै रकम खर्च हुने गरेको जनगुनासो रहेको उहाँले बताउनुभयो ।

घरबाट बैंकसम्म आउँदा करिब दुई घन्टा सम्म हिँड्नु पर्ने र भीडभाडका कारण बैंकमा लामो समय पालो कुर्नपर्ने बाध्यताको अब अन्त्य हुने उहाँको भनाइ छ । बागचाैर नगरपालिकाले वडा बाटै र अति अशक्तका लागि घरघरमै गएर सामाजिक सुरक्षा वितरण गर्ने उहाँले बताउनुभयो ।

नगरपालिका भित्रका नेपाल बैंक लिमिटेड, ग्लोबल आइएमइ बैंक र मुक्तिनाथ विकास बैंकले नगरका १२ वटै वडा कार्यालय बाट केही दिन भित्रै सामाजिक सुरक्षा भत्ता बितरण गर्ने गरि काम अगाडि बढाइएको बागचाैर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार गाैतमले जानकारी दिनुभयो ।

हाल बागचाैर नगरपालिकाका १२ वटा वडा भित्र ६६३६ जनाले सामाजिक सुरक्षा भत्ता पाउदै आएका छ्न ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज