June 24, 2024, Monday
२०८१ असार ११, सोमबार
आफ्नै भवनमा सर्यो बागचौर नगरपालिकाको कार्यालय

आफ्नै भवनमा सर्यो बागचौर नगरपालिकाको कार्यालय

माघ १३, सल्यान । सल्यानको बागचाैर नगरपालिका नगर कार्यपालिकाकाे नव निर्मित प्रशासनिक भवनकाे भब्य कार्यक्रमका बिच बागचाैर नगरपालिका नगर प्रमुख जनकराज गाैतमले उद्घाटन गर्नुभएको छ ।

यसअघि घरभाडामा लिएर सेवा प्रवाह गर्दै आएको नगरपालिकाले घरभाडा वापत ४८ हजार बढी रुपैयाँ तिर्दै आएको थियाे । अब भवनकाे भाडा बापतकाे याे रकम बचत हुने नगरपालिकाले बताएको छ ।

भवन भ्याट बाहेक ३ करोड २९ लाखमा निर्माण गरिएकाे हाे । नगरपालिकाको भवन निर्माणका लागि बागचाैरका ३३ जनाले जग्गादान र २३ जनाले नगद रकम सहयाेग गरेका थिए । उनिहरुलाइ नगरपालिकाले सम्मान समेत गरेकाे छ ।

उद्घाटन कार्यक्रममा नगर उप-प्रमुख सुम्निमा डि.सी वली, निवर्तमान नगर प्रमुख लाेकमान बुढाथाेकी, निवर्तमान नगर उप-प्रमुख कल्पना पुन, प्रमुख प्रासकीय अधिकृत अनन्तकुमार गाैतम, विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, कर्मचारी, विभिन्न राजनितिक दलका प्रतिनिधिहरु, पत्रकार, स्थानीयहरुकाे सहभागिता रहेकाे थियाे ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज