June 24, 2024, Monday
२०८१ असार ११, सोमबार
वडाबाटै एकीकृत योजना सम्झौता गर्दै सल्यानको बागचौर नगरपालिका

वडाबाटै एकीकृत योजना सम्झौता गर्दै सल्यानको बागचौर नगरपालिका

पुस १३, सल्यान ।

सल्यानको बागचौर नगरपालिकाले योजनाहरु वडामै गई एकिकृत रुपमा सम्झौता गर्ने कामको थालनी गरेकाे छ ।

सल्यानको बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमकाे अनुरोधमा बैंक संगकाे सहमतिमा यस कार्यकाे थालनी गरिएको हाे ।

नगरपालिकाले बुधबार वडा नं. १२ मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार गाैतम, वडा नं. १२ का वडा अध्यक्ष टीकाराम वली, याेजना शाखाका कर्मचारी लगाएत वडाका जनप्रतिनिधि, वडा सचिव र प्राबिधिक कर्मचारी बाट कामको सुरुवात गरिएको छ ।

उक्त कार्यक्रममा साे वडामा १२ वटा याेजनाहरुकाे सम्झौता गर्ने कार्य र बैंक खाता खाेल्ने कार्यक्रम सम्पन्न भएको छ ।

यस कार्यमा ग्लोबल आइएमई बैंक लिमिटेड थारमारे बाट कार्मचारीहरु खट्टि साेही स्थानमा बैंक खाता खाेल्ने काम गरिएको थियाे ।

पहिले नगरपालिका सम्म गई याेजनाहरु सम्झौता गर्दा धेरै खर्च हुनेगरेकाे बताउदै वडामै नयाँ याेजना सम्झौता गर्ने र बैंक खाता समेत खाेल्ने सुबिधा प्रदान गरेकाेमा वडावासीले आफ्नै वडामा सम्झौता गर्न पाउँदा खुसीयाली छाएको र नगरपालिकाकाे यस कार्य प्रति धन्यवाद व्यक्त गरेका छन ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार गाैतमले उपभोक्ता समिति, वडा कार्यालयका कर्मचारी, जनप्रतिनिधि र प्राबिधिक कर्मचारी लाई आफ्नो काम कर्तव्यलाई पूरा गर्न निर्देशन समेत दिनुभयो ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज