माओवादी केन्द्र कर्णाली प्रदेश संसदिय दलको नेतामा शर्मा मनोनीत
पुस १३, सुर्खेत । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदिय दलको नेतामा रुकुम पश्चिम ख बाट निर्वाचित राज कुमार शर्मा (क. आट) मनोनीत हुनु भएको छ ।
नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटी र प्रदेश बाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रिय सदस्य सहितको दुई दिन सम्म चलेको बैठकले शर्मालाइ संसदिए दलको नेता चयन गरेको हो ।
संसदिए दलको नेतामा सुर्खेत २ को ख बाट निर्वाचित बिन्दामान बिस्ट र रुकुम पश्चिम प्रदेश सभा ख बाट निर्वाचित राज कुमार शर्माको दाबी रहेको थियो । शर्मा जनार्दन शर्माको निकट र बिस्ट शक्ति बहादुर बस्नेत निकट मानिन्छन ।
लेखकको सम्वन्धमा