सल्यानमा आँखा सम्बन्धि मोतिबिन्दु छनोट तथा निःशुल्क अप्रेशन शिविर संचालन हुने
मंसिर २०, सल्यान ।
सल्यानको बागचौर नगरपालिकामा नि: शुल्क मोतिबिन्दु तथा अप्रेसन शिविर संचालन हुने भएको छ ।
नेपाल नेत्र ज्योति संघ, एकिकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेश नेपालको आर्थिक सहयोग, राप्ति आँखा अस्पताल रक्षाचौर दाङको प्राबिधिक सहयोग र बागचौर नगरपालिका सल्यानको आयोजनामा उक्त शिविर संचालन हुन लागेको हो ।
शिविर मंसिर २४ गते आधारभूत स्वास्थ्य केन्द्र बागचौर नगरपालिका वडा नं. ३ चौरपानी, २५ गते बाफुखोला स्वास्थ्य चौकि वडा नं. १२ बाफुखोला, मंसिर २५ गते आधारभूत स्वास्थ्य केन्द्र वडा नं. ११ पानीचौरमा हुनेछ ।
त्यसैगरी २६ गते आधारभूत स्वास्थ्य केन्द्र वडा नं. ६ जामुनेचौर २६ गते नै कोटवारा स्वास्थ्य चौकी टाटके, २७ गते शिवरथ स्वास्थ्य चौकी बागचौर नगरपालिका ४ पेदिखोला, २७ गते वडा नं. ५ बाहुनथाना, २८ गते कोटमौला स्वास्थ्य चौकी बागचौर नगरपालिका ८ कोटमाैलामा शिविर संचालन हुनेछ ।
त्यस्तै मंसिर २८ गते आधारभूत स्वास्थ्य केन्द्र वडा नं. ९ खोरवारे र २९ र पुष १ गते जनकल्याण क्याम्पस बागचौर नगरपालिका वडा नं. २ थारमारेमा संचालन हुने बागचौर नगरपालिका सल्यानले बताएको छ ।
शिविरमा बिहान १० बजे देखि दिउसो २ बजे सम्म नाम दर्ता गर्न सकिनेछ ।
मोतिबिन्दु अप्रेशनका लागि छनोट भएकाहरुलाई मिति २०७९ मंसिर २९ देखि पुस १ गते सम्म जनकल्याण क्याम्पस बागचौर नगरपालिका थारमारेमा निःशुल्क अप्रेशन गरिने भएको हो ।
प्रतिकृया दिनुहोस्