July 15, 2024, Monday
२०८१ असार ३२, सोमबार
सल्यानमा मोटरसाइकल र डबल क्याप ठोक्किएदा २ जना घाइते

सल्यानमा मोटरसाइकल र डबल क्याप ठोक्किएदा २ जना घाइते

मंसिर १४, सल्यान ।

सल्यानमा मोटरसाइकल र डबल क्याप एक आपसमा ठोक्किदा २ जना घाइते भएका छ्न ।

जिल्लाको सिद्धकुमाख गाउँपालिका १ पटारे नजिकै श्रीनगरदेखी थारमारे तर्फ जाँदै गरेको रा.१ च.१२४२ नं.को डबल क्याप र पुर्वी रुकुमबाट आउदै गरेको रा .६ प.७४९८ नं.को मोटरसाइकल एकआपसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार चालक १९ बर्षिय सुदिप मल्ल (दाहिने खुट्टा र दाहिने हातमा चोट लागेको अवस्था सामान्य) र मोटरसाइकल पछाडी सवार उनकी आमा ४० बर्षीय निर्मला मल्ल (दाहिने खुट्टा भाचिएको र दुबै हातमा चोट) घाइते भएका छ्न ।

घाइते आमा छोराको श्रीनगर स्थित शारदा मेट्रो अस्पतालमा उपचार भईरहेको साथै डबल क्याप चालक शारदा नगरपालिका १४ का प्रदीप बि.क र मोटरसाइकललाई प्रहरीले नियण्त्रणमा लगेको छ ।

घटनाको बारेमा जानकारी पाउन साथ उक्त स्थानमा प्रहरी चौकी ढोरचौरबाट प्र.स.नि.शसिराम जैशीको कमाण्डमा ट्राफिक सहित ४ जनाको प्रहरी टोली खटिएर गएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज