September 20, 2024, Friday
२०८१ आश्विन ४, शुक्रबार
सल्यानमा समानुपातिक तर्फ एमालेको अग्रता : १५ हजार मत गणना गर्दा यस्तो छ परिणाम

सल्यानमा समानुपातिक तर्फ एमालेको अग्रता : १५ हजार मत गणना गर्दा यस्तो छ परिणाम

मंसिर ९, सल्यान ।

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन अन्तर्गत समानुपातिक तर्फ नेकपा एमाले सल्यान शीर्ष स्थानमा अग्रता कायमै राखेको छ ।

प्रतिनिधि सभा तर्फ कालिमाटी र कपुरकोट गाउँपालिकाको कुल १५ हजार ६ सय मतगणना गर्दा नेकपा एमाले सल्यानले ५ हजार ३ सय ६७ मत सहित अगाडि देखिएको हो ।

त्यसैगरी नेपाली काङ्ग्रेसले ३ हजार ७ सय ८४ , माओवादी केन्द्रले २ हजार ३ सय ९४, एकीकृत समाजवादी पार्टीले १ हजार ४ सय १, राप्रपाले ५ सय ९६ र राष्ट्रिय स्वतन्त्र पार्टीले ४ सय ५८ मत प्राप्त गरेका छ्न ।

त्यस्तै प्रदेश सभा तर्फ जम्मा १४ हजार ८ सय ४ मत गणना गर्दा नेकपा एमाले सल्यानले ५ हजार ४ सय ६० मत सहित अगाडि छ ।

दोस्रो स्थानमा नेपाली काङ्ग्रेसले २ हजार ९ सय ५५ मत प्राप्त गरेको छ । २ हजार ८ सय ३२ मत सहित नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा एकीकृत समाजवादी १ हजार ८ सय २८ मत प्राप्त गरि चौथो र ६ सय ८३ मत सहित पाचौं स्थानमा राप्रपा छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज