निर्वाचन आचारसंहिता उलंघन गर्ने सल्यानका मतदान अधिकृत सहित ३ जना कार्वाहीमा
मंसिर २, सल्यान ।
निर्वाचन आचारसंहिता उलंघन गर्ने सल्यानका एक जना मतदान अधिकृत सहित ३ जना कार्वाहीमा परेका छ्न ।
यहि मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनका लागि छनौटमा परेका एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत , एक सहायक कर्मचारी सहित तीन जना कारबाहीमा परेका हुन ।
कारबाहीमा पर्नेहरुमा बनगाड कुपिन्डे नगरपालिकाको कुपिण्डेस्वरी प्रावि मतदान केन्द्रका मतदान अधिकृत बाग्चौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तराज गौतम, कालिमा प्रावि कजेरीमा सहायक मतदान अधिकृतमा नियुक्त गरिएका शिक्षक दलबहादुर खडका र नवसर्वसाधारण प्रावि रातामाटा ‘ख’ दार्मामा परेका सहायक चोपीलाल बस्नेत रहेका छन् ।
कुपिण्डेश्वरी प्रावि मतदान केन्द्रमा छनौटमा परेका अनन्तराम गौतमले आचारसंहिताविपरीत कर्मचारीको सरुवा गरेको र अन्यले निर्वाचन प्रचारप्रसारमा सहभागी भई आचारसंहिताविपरीत काम गरेको उजुरी परेपछि कारबाही गरिएको मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले बताए ।
आचारसंहिता उल्लंघन गरेका १२ जना मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत अन्यलाई पनि स्पष्टीकरण सोधिएको छ ।
लेखकको सम्वन्धमा