सल्यानमा निर्वाचन समयमा हुने लैगिंक हिंसा न्यूनीकरण र नमुना मतदान कार्यक्रम सम्पन्न
बैशाख २५, सल्यान।
सल्यानमा निर्वाचनको समयमा हुने लैगिंक हिंसा यसको न्यूनीकरण, निर्वाचन आचारसंहिता , मतदाता शिक्षा र नमुना मतदान सम्बन्धि कार्यक्रम सनिवार सदरमुकाम खलंगामामा कार्यक्रम सम्पन्न भएको छ ।
आउदै गरेको निर्वाचनलाई लक्षित गर्दै सल्यान जिल्ला भित्रका महिलाहरुको सहभागितामा शनिबार कार्यक्रम सम्पन्न भएको हो।
जिल्ला निर्वाचन कार्यालय सल्यानका अधिकृत निमराज भट्टराईले निर्वाचन आचार संहिता बारे प्रशिक्षण दिनुभएको थियो । निर्वाचनको समयमा निर्वाचन आचारसंहितामा बिपरित कार्य नगर्नु प्रत्येक नागरिकको कर्तव्य रहेको समेत उहाले बताउनुभयो ।
निर्वाचनको समयमा लैगिंक हिंसा, धेरै मात्रमा मत बदर हुने तथा निर्वाचन आचारसंहिता विपरीत कार्य हुने हुँदा यी कार्य लाई रोक्न कार्यक्रमको आयोजना गरिएको बास केन्द्रीय सदस्य मेघा रेउलेले जानकारी दिनुभयो ।
शारदा नगरपालिका ५ नम्बर की वडा सदस्य उम्मेदवार पुष्पा नेपालीले मतदाता शिक्षा, नमुना मतदान र लैगिंक हिंसा सम्बन्धीका कार्यक्रमा हरेक पालिकामा सञ्चालन गरेमा मत बदर हुने सम्भावन कम हुने र लैगिंक हिंसामा कमी आउने बताउनुभयो ।
यसैगरी नमुना मतदानमा जम्मा २५ मत खसेको थियो । जसमा १५ मत सदर र १० मत बदर भएको थियो ।
UNDP, ESP / UN–WOMEN को सहयोग र बास नेपालको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा ३१ महिला र ५ पुरुष गरी जम्मा ३६ जनाको सहभागिता रहेको थियोे ।
लेखकको सम्वन्धमा