August 26, 2026, Wednesday
२०८३ भाद्र १०, बुधबार
भोलि देखि निर्वाचन अवधीभर प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा स्थगन

भोलि देखि निर्वाचन अवधीभर प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा स्थगन

कार्तिक २९, सल्यान ।

मंसिर ४ गते हुन लागेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन अवधीभर जिल्ला प्रशासन कार्यालय सल्यानबाट प्रवाह हुने अत्यावश्यक बाहेक अन्य सेवा स्थगन गरिएको छ ।

कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवाहरु भोलि ३० गतेदेखि आगामी मङ्सिर ५ गतेसम्म स्थगन गरिएको हो । त्यहाँ कार्यरत कर्मचारीहरु निर्वाचनका लागि मतदान केन्द्रमा खटिने भएको हुदा अत्यावश्यक सेवा ( शान्ति, सुरुक्षा विपत व्यबस्थापन, नागरकिता) बाहेकका (राहदानी, राष्ट्रिय परिचयपत्र) लगायतका सेवा स्थगन गरिएको हो ।