सल्यानमा बिहेको प्रलोभन पारी जबरजस्ती करणी गरि ज्यान मार्ने उधोग गर्ने एक युवक पक्राउ
कार्तिक १४, सल्यान ।
सल्यानमा जबर्जस्ति करणी गरि ज्यान मार्ने उद्योग गरेको आरोपमा एक युवक पक्राउ परेका छन ।
जिल्लाको बनगाड कुपिण्डे नगरपालिका २ का २० बर्षीय रेबन्त बुढालाइ प्रहरीले पक्राउ गरेको छ ।
उनले १८ बर्षीय युवतीलाइ विवाह गर्ने प्रलोभन देखाइ स्थानिय बकुनपा १ माल्पे स्थित जंगलमा लगेर गत १२ गते राति करिव ११ः३० बजे जबरजस्ति करणी गरि ज्यान मार्ने नियतले कुटपिट गरि बेहोस बनाइ छाडेर भागेका थिए।
घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय सल्यानमा जाहेरी दरखास्त पेश भएपछी तत्काल प्रहरी टोली परिचालन गर्दा अभियुक्त बुढालाइ जिल्लाको बकुनपा १ सल्लीबजारबाट १३ गते बिहान काठमाण्डौ जानकोलागी रात्री बसको टिकट काटि लुकिछिपी रहि बसेको अबस्थामा पक्राउ गरेको थियो ।
पक्राउपछि बुढालाई जिल्ला प्रहरी कार्यालय सल्यानमा दाखिला गरि जबरजस्ती करणी गरि ज्यान मार्ने उधोग गरेको मुद्दा शिर्षकमा मुद्दा दर्ता गरि सम्मानित जिल्ला अदालत सल्यानबाट सोहि मुद्दा शिर्षकमा म्याद थप गरि थप अनुसन्धान कार्य भइ रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।
पिडित किशोरीको हालको स्वास्थ्य अवस्था मध्यम तथा सुधार उन्मुख रहेको र नेपालगन्ज उपचार भइ रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।
प्रतिकृया दिनुहोस्