September 24, 2023, Sunday
२०८० आश्विन ७, आईतवार
सल्यानमा बिहेको प्रलोभनमा पारी जबरजस्ती करणी गर्ने एक व्यक्ती पक्राउ

सल्यानमा बिहेको प्रलोभनमा पारी जबरजस्ती करणी गर्ने एक व्यक्ती पक्राउ

भदौ १२, सल्यान। सल्यानमा बिहेको प्रलोभनमा पारी जबर्जस्ती करणी गर्ने एक ब्यक्ति पक्राउ परेका छ्न।

जिल्लाको कालीमाटी गाउँपालीका वडा न. १ लक्ष्मीपुरकी १४ बर्षिय किशोरीलाई जबर्जस्तीकरणी गर्ने सोही गाउँपालिका वडा न. ४ बस्ने १९ बर्षिय छबिलाल गिरीलाई प्रहरीले पक्राउ गरेको छ।

गत ८ गते बुधबारका दिन सोही गाउँका मेघराज थापाले लक्ष्मीपुरकी १७ बर्षिय किशोरी र गिरिले १४ बर्षीय किशोरीलाई बिहे गर्छौ भनी ललाई फकाई गरी  राती १०:०० बजेको समयमा वडा न. १ लक्ष्मीपुरमा रहेको त्रिभुवन जनता माध्यामिक बिद्यालयको भवनमा बोलाई जबरजस्ती करणी गरी भोलीपल्ट ९ गते दिनभर जंगलमा बसि घर जाने भनेर बेलुकाको समयमा सोही स्थानमा छोडी ती दुई ब्यक्ति त्यहाबाट भागी फरार भएका थिए।

पिडितहरुका अभिभावकहरुले प्रहरी कार्यालयमा दिएको जाहेरी दरखास्तको आधारमा अभियुक्तहरुलाई खोजतलास गर्ने क्रममा १० गते शुक्रवारका दिन मुख्य अभियुक्त छविलाल गिरीलाई फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ।

पक्राउ परेका अभियुक्तलाई जबरजस्ती करणी मुद्दा शिर्षकमा जिल्ला अदालत सल्यानबाट ८ दिनको म्यादथप गरि अनुसन्धान कार्य भई रहेको र अर्को अभियुक्त मेघराज थापा फरार रहेको र उनलाई पक्राउ गर्न खोजतलास कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज