April 17, 2026, Friday
२०८३ बैशाख ४, शुक्रबार
नक्कली प्रहरी पक्राउ

नक्कली प्रहरी पक्राउ

५ चैत, सङ्खुवासभा।
पारिवारीक कलह तथा आपसी विवादले चरम रुप लिएपछि माईत आएकी आफ्नै श्रीमतिलाई आफुसँग लान नक्कली प्रहरीको सहयोग लिने पाँचखपन नगरपालिका वडा नम्बर ४ घर भई ललितपुर बस्ने वर्ष ३४ को रमेश कुमार तामाङ र प्रहरी नायब निरीक्षकको नक्कली पोशाक लगाई उक्त कार्यमा सहयोग गर्ने पाँचखपन नगरपालिका वडा नम्बर ४ बस्ने अर्जुन तामाङलाई पक्राउ गरि कारवाही भईरहेको छ ।

निज रमेश तामाङले काठमाण्डौबाट भाडामा प्रहरीका ४ जोर चुस्ता र बुट तथा ४ जान मानिसलाई खाँदबारी ल्याई रातको ११:१५ बजे प्रहरी बनाई ससुराल पठाई श्रीमति प्रमिला कम्मरसार्कीलाई “हामि प्रहरी हौ तपाईको श्रीमानले आत्महत्या गरेका छन् लिन आएको” भनि नजिकको जंगलमा पुर्‍याई निज अर्जुन तामाङलाई जिम्मा दिए पश्चात अर्जुन तामाङले आफुसँग नगए मार्ने र आफु पनि मर्ने भन्दै डोरिले घाँटिमा बाँध्ने तथा हाल खुट्टा समेत वाँधी ज्यान मार्ने नियतले कार्य गरेको हुदाँ पक्राउ परेका दुबै जना लाई ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान भईरहेको तथा अन्य ३ जना फरार नक्कली प्रहरीको खोजीकार्य जारी रहेको छ ।