May 7, 2024, Tuesday
२०८१ बैशाख २५, मंगलवार
एमाले सिद्धकुमाख गापा र शानपाका चार वडाको चुनाव केन्द्रित संयुक्त वैठक सम्पन्न

एमाले सिद्धकुमाख गापा र शानपाका चार वडाको चुनाव केन्द्रित संयुक्त वैठक सम्पन्न

कार्तिक ०१, सल्यान । मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन तयारीको लागि सल्यान प्रदेश सभा (क) अन्तरगत नेकपा (एमाले) सिद्धकुमाख गापा कमिटी र शानपाका ४ वटा वडाहरु (६,७,१४ र १५) को संयुक्त वैठक सम्पन्न भएको छ । मंगलबार जिल्लाको ढोरचौरमा वैठक सम्पन्न भएको हो ।

वैठकले सिद्धकुमाख गापा र शानपाका ४ वटा वडाहरुमा निर्वाचन परिचालनको लागि लिलाधर रोकाय संयोजक र सोभाराम नेपाली सचिव रहेको १५१ सदस्यिय संयुक्त निर्वाचन परिचालन कमिटी बनाएको छ । त्यस्तै शानपाका ४ वडाहरुको लागि रामबहादुर भण्डारी र सिद्धकुमाख गापाको लागि टोप बहादुर बुढाथोकी संयोजक रहेको १११ सदस्यीय निर्वाचन परिचानल कमटी घोषणा गरको छ ।

वैठकले तिहार अघि सवै वडाको वैठक सम्पन्न गर्ने र सवै नेताकार्यकर्तालाई निर्वाचनमा परिचानल गर्ने निर्णय गरेको बताईएको छ ।

चुनाव जित्ने वातावरण सिर्जना हुदैछ : गिरी

वैठकलाई सम्वोधन गर्दै नेकपा (एमाले) का कर्णाली प्रदेश सचिवालय सदस्य तथा प्रदेश सभा (क)का उम्मेद्वार कुलबहादुर गिरीले आफुले चुनाव जित्ने वातावरण बन्दै गएको बताएका छन । आफु नेकपा(एमाले)को मात्रै नभएर प्रदेश सभा (क)का सवै जनताको उम्मेद्वार भएकाले आफुले चुनाव जित्ने उनले बताए ।

नेकपा (एमाले)को सरकारको पालामा भएका राम्रा कामहरुलाई लिएर जनतामा जाने र सवैको सहयोवग सद्भावमा अघि बढ्ने उनले बताए ।

वैठकमा वैठकमा जितबहादुर चलाउने, पुष्पा कुमारी बोहोरा, रेशमराज शर्मा, जनक विक, दिपेन्दू प्रकाश डिसी,लिलाधर रोकाय, धर्मराज योगी, जित बहादुर बस्नेत लगाएतले समसामयिक विषयमा प्रशिक्षण दिएका थिए । वैठकको अध्यक्ष्यता सिद्ध कुमाख गापा कमिटी अध्यक्ष टोप बहादुर बुढाथोकीले गरेका थिए ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज