सल्यानको कपुरकोट ३ सलाममा पहिरोले ५ घर बगायो : दर्जन बढी पशु चौपाया मरे
असोज २१, सल्यान ।
निरन्तरको बर्षाको कारण आएको पहिरोले सल्यानमा ५ घर गोठ भत्किएका छ्न भने दर्जन बढी पशु चौपाया पुरिएर मरेका छन ।
जिल्लाको कपुरकोट गाउँपालिका ३ सलाममा शुक्रबार बिहान आएको पहिरोले थुप्रै भौतिक संरचना तथा पशु चौपायामा क्षती पुर्याएको हो ।
पहिरोले कपुरकोट गाउँपालिका ३ सलाम बस्ने केशरशिह रानाको एक तले ४ कोठे टिनले छुवाएको कच्ची घर, खरले छुवाएको २ कोठेको कच्ची गोठ भत्किएका छ्न । गोठ भत्किदा ४ वटा ब्राखा पुरिएर मरेका छ्न ।
त्यसैगरी सोही ठाउँका वीर बहादुर राणाको एक तले घर र खर छुवाएको २ कोठे कच्ची घर भत्किएको छ । साथै बिजय सिंह बुढाको एक तले ४ कोठे टिनले छुवाएको कच्ची घर र २ कोठे खरले छुवाएको गोठ भत्किदा १ भैंसी , २ गोरु, २ खसी र ३ बाख्रा पुरिएका हुन।
पहिरोमा कुनै मानवीय क्षती भने भएको छैन । अहिले उक्त स्थानमा प्रहरी चौकी कपुरकोटबाट प्र. ना. नि नेत्रलाल नेपालीको कमान्डमा ५ जनाको प्रहरी टोलि खटिएर थप उद्घारको कार्य गरि रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।
प्रतिकृया दिनुहोस्