February 22, 2024, Thursday
२०८० फाल्गुन १०, बिहीबार
रुकुम पुर्वमा बस दुर्घटना : ४ जनाको मृत्यु ,१३ जना घाइते

रुकुम पुर्वमा बस दुर्घटना : ४ जनाको मृत्यु ,१३ जना घाइते

असोज ६ , रुकुम पूर्व ।

रुकुम पुर्वमा बस दुर्घटना भएको छ ।

काठमाडौंबाट रुकुमकोट आउदै गरेको ग १ ख ९१०९ नम्बरको बस भुमे ३ मा दुर्घटना भएको हो । दुर्घटमा परि अहिलेसम्म ४ जनाको मृत्यु भएको प्रहरिले जानकारी दिएको छ ।

दुर्घटनामा १३ जना घाइते भएका छन् । घाइते मध्य ३ जनाको अवस्था गम्भीर छ । घाइते सबैलाई रुकुम पुर्व अस्पतालमा ल्याइएको छ । बसमामा १७ जना सवार रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी प्रकाश डागिँले जानकारी दिनुभयो ।

मृतक र घाइतेको सनाखत हुन बाकी छ । घाइतेको उपचारको लागि हेलिकप्टर बोलाउने समन्वय भैरहेको नरसिंङ दल गुल्मका सेनानी बाबुलाल जिसिले जानकारी दिनुभयो । हेलिकप्टर नेपाली सेनाको सुर्खेतबाट ल्याउने तयारी भइरहेको उहाले बताउनुभयो ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज