खुल्यो म्यादी प्रहरीमा भर्ना : असोज ६ गते सम्म दर्खास्त दिन मिल्ने
भदौ २६, काठमाडौ । नेपाल सरकार गृह मन्त्रालय नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत बिकास बिभाग नक्साल काठमाडौले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनकोलागि “म्यादी प्रहरी छ्नोट नियुक्त तथा परिचालन सम्बन्धि मापदण्ड २०७९” अनुसार म्यादी प्रहरी भर्ना गर्न लागिएको छ ।
देशभर जम्मा १ लाख १५ हजार जनाको माग संख्याको आधारमा दर्खास्त आव्हान गरिएको हो ।
यहि भदौ ३० गतेदेखि असोज ६ गतेसम्म जिल्ला प्रहरी कार्यालयबाट दर्खास्त दिन सकिने छ ।
म्यादी प्रहरी दर्खास्त दिनकोलागि १८ बर्ष पूरा भइ ५४ बर्ष ननाघेको हुनुपर्ने छ।
बिस्तृत बिवरण हेर्नुहोस ।
प्रतिकृया दिनुहोस्