January 17, 2025, Friday
२०८१ माघ ४, शुक्रबार
सल्यानमा म्यादी प्रहरीमा आवेदन दिनेको भिड : एकै दिनमा १ हजार २० जनाको आवेदन

सल्यानमा म्यादी प्रहरीमा आवेदन दिनेको भिड : एकै दिनमा १ हजार २० जनाको आवेदन

८ चैत, सल्यान।

सल्यानमा वैशाख ३० मा हुने स्थानीय तह निर्वाचन सुरक्षाका लागि खोलिएको म्यादी प्रहरीमा आवेदन दिने युवाहरूको बाक्लो भिड देखिएको छ ।

सल्यान जिल्लामा स्थानीय चुनावका लागि १ हजार ७३ म्यादी प्रहरी भर्ना गरिने जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

आवेदन खुलेको ३ दिनमै १ हजार ८ सय बढीले आवेदन फारम भरेका छन ।

यस्तो प्रकारको भिडले वास्तविक गरिबी छताछुल्ल भएको छ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी अर्जुन पौडेलका अनुसार कार्यलय समयभित्र आवेदन लिन नसकिएको बाध्यतमक स्थितिमा युवाहरूको चापलाइ मध्येनजर गर्दै साँझ ७ बजेसम्म आवेदन बुझ्ने गरेको उनको भनाई छ ।

१ दिनमै १ हजार २० जनाले आवेदन फारम भरेको र  (आज)  मंंगलबार ८ सय भन्दा बढी आवेदन परेको अनुमान  गरिएको पौडेलले बताए । 

म्यादी प्रहरीको लागि १८ वर्ष पुरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिक हुनुपर्ने छ।
आवेदन चैत ११ सम्म दिन सकिने छ ।

फोटो: कृष्ण बहादुर बस्नेत