September 22, 2026, Tuesday
२०८३ आश्विन ६, मंगलवार

बसले किचेर सल्यानका एक वृद्धको मृत्यु

भदौ ११, दाङ । बसले किचेर सल्यानका एक वृद्धको मृत्युु भएको छ ।

शुक्रबार हिजो करिव साझ ६ बजेतिर रुकुम पश्चिमबाट तुलसीपुर आएको ना ३ ख ४४०० नं बसमा सवार बागचौर नगरपालिका ५ का ८४ बर्षिय भिम बहादुर भण्डारीलाइ दाङको तुलसीपुर  बिरेन्द्र चोक नजिकै सोही बसबाट ओर्लन बित्तिकै उक्त बस गुडेपछि किचेको थियो।

बसलेे किचेपछि  घाइते भएका भण्डारीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारकोलागि नेपालगन्ज लिने क्रममा बाटोमा मृत्युु भएको इलाका प्रहरी कार्यालय तुलसीपुर दाङले बताएको छ।

  • तस्वीर :- फाइल फोटो