March 17, 2025, Monday
२०८१ चैत्र ३, सोमबार
सल्यानमा जंगली च्याउ खाएर बिरामी भएका ८ जना मध्ये एक बालीकाको मृत्यु

सल्यानमा जंगली च्याउ खाएर बिरामी भएका ८ जना मध्ये एक बालीकाको मृत्यु

साउन २१, सल्यान। सल्यानमा जंगली च्याउ खाइ बिरामी भएकी एक बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा जिल्लाको शारदा नगरपालिका ४ साइलाकम्दकी ४ बर्षकी जोशना बस्नेत रहेकी छिन। उनको उपचारका क्रममा प्रादेशिक अस्पताल सुर्खेतमा दिउँसो करिब १२:५० बजे मृत्यु भएको हो।

बालिकाको लास आवश्यक कानुनी प्रक्रिया पूरा गरि ल्याउने तयारी गरिएको छ।

शुक्रबार साझ च्याउ खाइ उनि लगाएत सोही ठाउँका ३ जना बिरामी भएका थिए।

बिरामी भएका अन्य बनगाड कुपिण्डे नगरपालिकाका ९ जयतपानीका ४ जना बिरामि र सोही ठाउँका ३ जना बिरामी व्यक्तिहरुको सुर्खेत र नेपालगन्जमा उपचार भइ रहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ।

यो पनि पढ्नुहोस।

सल्यानमा जंगली च्याउ खादा ८ जना बिरामी